फाइनान्स र विकास बैंक चम्किँदा थामियो नेप्सेको पहिरो, यी ९ कम्पनीका लगानीकर्ता मालामाल

फाइनान्स र विकास बैंक चम्किँदा थामियो नेप्सेको पहिरो, यी ९ कम्पनीका लगानीकर्ता मालामाल thumbnail
View

फाइनान्स र विकास बैंक चम्किँदा थामियो नेप्सेको पहिरो, यी ९ कम्पनीका लगानीकर्ता मालामाल

चाणक्य पोष्ट

प्रकाशित : 3:21 pm, बुधबार, असार १६, २०७८

काठमाडौं । सेयर बजारमा तीव्र उतरचढाव देखिएको छ । बजार खुलेदेखि निरन्तर ओरालो लागेर ५२ अंकले घटेको बजार अन्त्यमा ४ अंकले घटेर बन्द भएको छ ।

विकास बैंक र फाइनान्स समूहको सेयरमा चमक आउँदा बजार सम्हालिएको हो । सूचकमा झिनो गिरावट आए पनि कारोबार रकममा भने गिरावट आएको अघिल्लो दिनको तुलनामा कारोबार रकम करिब १ अर्बले घटेर पौने ६ अर्बमा सीमित भएको छ ।

आज सेयर बजार मापक सूचक नेप्से ४.१३ अंकले घटेर नेप्से २८२३.८८ विन्दुमा आइपुगेको छ । आज २२० कम्पनीको ५ अर्ब ८३ करोड ८५ लाख ५१ हजार४३५ रुपैयाँ बराबरको १ करोड ६२ लाख ४८ हजार १०० कित्ता सेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १३ वटा समूहमध्ये ६ वटा समूहको परिसूचकमा हरियाली छाएको छ भने ७ समूहको परिसूचक राताम्मे भएका छन् । फाइनान्स समूह सबैभन्दा धेरै ५.८० प्रतिशतले बढेको छ । यस्तै, विकास बैंक समूह पनि ३.४० प्रतिशतले बढेको छ भने होटल समूह सबैभन्दा धेरै १.४५ प्रतिशतले घटेको छ ।

आज कारोबारमा आएका २२० कम्पनीमध्ये ८५ कम्पनीको सेयर मूल्य बढेको छ भने ११८ कम्पनीको मूल्यमा गिरावट आएको छ । १७ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज नेपाल इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको ३० करोड रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा एनएलजी इन्स्योरेन्स २१ करोड र नेशनल