एनएमबि बैंकको एआईमा आधारित एनएमबि सापटी २.०, २ लाखसम्मको कर्जा ५ मिनेटमै पाइने

एनएमबि बैंकको एआईमा आधारित एनएमबि सापटी २.०, २ लाखसम्मको कर्जा ५ मिनेटमै पाइने thumbnail
View

क्लिकमान्डु २०७८ असार १६ गते १५:४६ मा प्रकाशित

काठमाडौं । एनएमबि बैंकले ‘एनएमबि सापटी २.०’ आर्टिफिसियल ईन्टेलिजेन्सद्वारा सञ्चालित कर्जा सेवा शुरू गरेको छ ।

जसअन्तर्गत कर्जा प्रवाहका लागि आवेदनदेखि सम्पूर्ण कर्जा प्रक्रिया कुनै पनि प्रकारको म्यानुअल हस्तक्षेप बिना डिजिटल रूपमै गर्न सकिने बैंकले जनाएको छ ।

‘यो नेपालमै पहिलो पटक’ २४ घण्टा र ७ दिन नै पूर्ण स्वचालित रुपमा प्रदान गरिने कर्जा एनएमबि सापटीको निरन्तरता हो । यससेवा बैंकसम्म गनइ मोबाइलबाटै आवेदन दिएको ५ मिनेटभित्र नै प्राप्त गर्न सकिन्छ,’ बैंकले भनेको छ ।

एनएमबि सापटी वर्तमान परिवेशलाई ध्यानमा राख्दै व्यक्तिगत कर्जा उपयोग गरिरहेका ग्राहकहरुको व्यक्तिगत र आपतकालीन वित्तीय आवश्यकताहरुको परिपुर्तिको लागि प्रदान गरिने एक छोटो अवधिको धितो विनाको कर्जा हो ।

एनएमबिमा व्यक्तिगत कर्जा भएका ग्राहकलाई २४ महिनासम्मको लचिलो अवधि सहित २ लाख रुपैयाँसम्म कर्जा तुरुन्त उपलब्ध गराइने बैंकले जनाएको छ । ग्राहकहरुले आफ्नो कर्जा चुक्ता अवधि, कर्जा चुक्ता गर्ने प्रकार, कर्जा रकम आफ्नो सहजताको आधारमा छनौट गर्न सक्नेछन् ।

ट्