भक्ति थापालाई राष्ट्रिय विभूतिमा समावेश गर्ने सरकारको निर्णय

भक्ति थापालाई राष्ट्रिय विभूतिमा समावेश गर्ने सरकारको निर्णय thumbnail
View

काठमाडौं, १६ असार । सरकारले भक्ति थापालाई नेपालको राष्ट्रिय विभूतिमा समावेश गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता वसन्तकुमार नेम्वाङ्गले उक्त जनाकारी दिए ।

थापाले नेपाल-अंग्रेज युद्धमा वीरता प्रदर्शन गरेका थिए। विसं १७९८ मा लमजुङमा जन्मिएका थापा नेपाल(अंग्रेज युद्धको बखत नेपालका वरिष्ठ सैनिक थिए।

उनी पहिले लम्जुङका राजा केहरीनारायण शाहका सेनाका सरदार भएकाले लमजुङका तर्फबाट धेरै पटक युद्ध लडेका थिए।

गोरखा (नेपाल) सँगको अन्तिम युद्धमा पराजित भई युद्धबन्दीका रूपमा काठमाडौं पुगेको करिब एक वर्षपछि उनी नेपाली फौजका सरदार भई नेपाल एकीकरण अभियानमा संलग्न भएका थिए।

त्यस्तै शिक्षा मन्त्रालयको प्रस्तावमा नेपाल विश्वविद्यालय पूर्वाधार विकास समितिको अध्यक्ष डा. अर्जुन कार्की नियुक्त भएका छन् । फेवा तालको चार किल्ला निर्धारण, सिमाङ्कन तथा नक्साङ्कन समितिको म्याद थपेर साउन ३१ सम्म पुर्‍याइएको उनले जानकारी दिए ।

यसैगरी पछिल्ला दुई आर्थिक वर्षमा हरेक वर्ष