समस्या समाधान नभए कोष विरुद्ध मुद्दा हाल्ने बैंकका कर्मचारीको चेतावनी

View

काठमाडौं । सरकारले कर्मचारीहरुको हक हितका लागि ल्याएको सामाजिक सुरक्षा कोषका विरुद्ध हिमालयन बैंकका कर्मचारीहरुले आन्दोलन गरिरहेका छन् । गत असार १५ गते हिमालयन कर्मचारी युनियनको नेतृत्वमा सामाजिक कोष बिरुद्ध आन्दोलनमा उत्रेका हुन् ।

बैंकको केन्द्रिय कार्यालय कमलादी, मुख्य शाखा ठमेल, पाटन, महरागञ्ज लगायतका आधा दर्जनभन्दा बढी कार्यालयहरुमा कर्मचारी युनियनको नेतृत्वमा कर्मचारीहरु सांकेतिक रुपमा कालो ब्यानर सहित बिरोधमा उत्रेका छन् । सामाजिक सुरक्षा कोष बिरुद्ध अन्य बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले विरोध शुरु गरिसकेका छन् ।

असार मसान्तअघि नै दर्ता हुन सामाजिक सुरक्षा कोषले पत्र काटेपछि बैंक तथा वित्तीय संस्थाका कर्मचारी आन्दोलित भएका हुन् । उनीहरुले बिहान कार्यालय खुल्ने बेलामा आफ्नो बैंकको अगाडि बिरोधको कार्यक्रम गरेका छन् । माछपुच्छ्रे बैंक, नेपाल बंगलादेश (एनबी) बैंक, नबिल बैंक, मेगा बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक र सिभिल बैंकमा विरोध व्यानर राखेर आन्दोलन शुरु भएको छ ।

बैंकका कर्मचारीहरु पनि अनिवार्य रूपमा सामाजिक सुरक्षा कोषमा आउन भनिएपछि उनीहरु आन्दोलित भएका हुन् । उनीहरुका अनुसार आफ्नो अहिलेसम्म कमाएको पैसा बुझाउनुपर्ने, बुझाएपछि फिर्ता नआउने, पेन्सन आएपनि मूल धन डुब्ने छ ।

कोषको विनियावलीमा रहेको पेन्सन गणना विधि र ६० वर्षपछि मात्र कोषको रकम झिक्न पाइने व्यवस्था बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले धेरै चित्त नबुझाएका बुँदाहरु हुन् । समस्या समाधान नभए आन्दोलनलाई कडा बनाउने र कोषका विरुद्ध अदालतमा मुद्दा हाल्ने तयारी भइरहेको हिमालयन बैंक कर्मचारी युनियनका अध्यक्ष गौतम भण्डारीले जानकारी दिए ।

सामाजिक सुरक्षा कोषले ल्याएको ऐन र कार्यविधि बिच धेरै अस्पष्टता रहेकोले पटक पटक कोषको ध्यान