कति पुगे फोरजी प्रयोगकर्ता ? एनसेलको मात्रै ५० लाखभन्दा धेरै

कति पुगे फोरजी प्रयोगकर्ता ? एनसेलको मात्रै ५० लाखभन्दा धेरै thumbnail
Views

काठमाडौं, १७ असार । नेपालमा फोरजी प्रयोगकर्ताको संख्या ७८ लाख ७१ हजार नाघेको छ । नेपाल दुरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार नेपालभर अहिलेसम्म ७८ लाख ७१ हजार ५ सय ५५ जनाले फोरजी सेवा प्रयोग गर्दै आएका छन् ।

प्राधिकरणको तथ्यांक अनुसार नेपाल टेलिकमको फोरजी प्रयोगकर्ताको संख्या २६ लाख ३६ हजार ६ सय ४७ जना रहेका छन् ।

टेलिकमले १७ पुस २०७३ बाट फोरजी सेवा शुरू गरेको थियो । टेलिकमले २०७६ माघदेखि ७७ वटै जिल्लामा फोरजी सेवा विस्तार गरेको थियो । तर, बल्ल पछिल्लो समयमा यसको फोरजी प्रयोगकर्ता बढ्न थालेका हुन्।

टेलिकमको थ्री जी प्रयोगकर्ताको संख्या भने ९३ लाख ३५ हजार ४ सय ३४ जना रहेका छन् ।

एनसेलको मात्रै साढे ५० लाखभन्दा धेरै

प्राधिकरणको तथ्यांक अनुसार कुल फोरजी प्रयोगकर्तामध्ये एनसेलको मात्रै फोरजी प्रयोग गर्ने मानिसको संख्या ५० लाखभन्दा धेरै छ ।

पछिल्लो तथ्यांक अनुसार अहिले एनसेलको फोरजी प्रयोगकर्ता ५० लाख १७ हजार १ सय ७० जना रहेका छन् ।

एनसेलको २४ लाख २५ हजार ७० जनाले थ्री जी सिमको प्रयोग गर्दै आएका छन् । त्यस्तै, स्मार्टसेलको भने २ लाख १७ हजार ७ सय ३८ ग्राहकले फोरजी सेवा प्रयोग ग