नेप्से परिसूचक १९.१२ अंक बढ्यो, विकास बैंक र होटलमा लगानीकर्ताको आकर्षण

नेप्से परिसूचक १९.१२ अंक बढ्यो, विकास बैंक र होटलमा लगानीकर्ताको आकर्षण thumbnail
Views

क्लिकमान्डु २०७८ असार १७ गते १५:४३ मा प्रकाशित

काठमाडौं । लगातार घटिरहेको नेप्से परिसूचक साताको अन्तिम कारोबार दिन बिहीबारको दिन १९.१२ अंकले बढेको छ । अधिकांश कम्पनीहरुको सेयर मूल्यमा वृद्धि देखिएको छ ।

यो दिन ३ करोड २८ लाख ३८ हजार ९९३ कित्ता सेयर ६ अर्ब ७० करोड ७७ लाख ७५ हजार ४८४ रुपैयाँमा कारोबार भएको छ । यो दिन १३७ कम्पनीको सेयर मूल्य बढ्दा ६९ वटा कम्पनीको सेयर मूल्य घटेको छ साथै १७ वटा कम्पनीको सेयर मूल्य स्थिर देखिएको छ ।

यो दिनको कारोबारमा सबैभन्दा बढी कमाउने शीर्ष कम्पनीमा ओरियन्टल होटल, सिन्धु विकास बैंक, गुडविल फाइनान्स, ग्रीन डेभलपमेन्ट बैंक, बेस्ट फाइनान्स, जोशी हाइड्रोपावर डेभलपमेन्ट ज्योति विकास बैंकलगायतका कम्पनी छन् ।

त्यसैगरी एनएलजी इन्स्योरेन्स, राधी विद्युत् कम्पनी, सुर्योदय लघुवित्त, नेशनल हाइड्रोपावर, लक्ष्मी लघुवित्त वित्तीय संस्था, युनिलिभर नेपाललगायतका कम्पनी छन् ।

उपसमूहतर्फ होटल तथा पर्यटक र विकास बैंकको उपसमूहमा वृद्धि देखिएको छ

ट्वीटरमा हामीला