यूरोकपको बजेट ५२ अर्ब, विजेताले डेढ अर्ब पाउँदा कुन टीमले कति पाउँछन् ?

यूरोकपको बजेट ५२ अर्ब, विजेताले डेढ अर्ब पाउँदा कुन टीमले  कति पाउँछन् ? thumbnail
Views

क्लिकमान्डु २०७८ असार १७ गते १५:१३ मा प्रकाशित

काठमाडौं । अहिले यूरोकप चलिरहेको छ । यूरोकपलाई मिनी विश्वकपका साथै ब्रालिज र अर्जेन्टिना बिनाको विश्वकप पनि भन्ने गरिन्छ ।

यूरोकप विश्वकै प्रतिष्ठित प्रतियोगितामध्ये एक हो । यस प्रतियोगितलाई फुटबल महाशक्तिको प्रतिष्ठा पनि जोडिएको हुन्छ । प्रतिष्ठाको सँगसँगै यो प्रतियोगिता आर्थिकरुपले पनि निकै महत्वपूर्ण छ ।

अघिल्लो संकरणमा यूरो कममा १६ टीमले मात्र प्रतिस्पर्धा गर्थे भने गत सन् २०१६ को संकरणबाट सहभागी टीमको संख्या बढाएर २४ पुर्याइएको थियो ।

अहिले यूरोकपको ‘राउण्ड अफ १६’ को खेल सकिएको छ । शुक्रबारदेखि क्वाटरफाइनलका खेल शुरु हुँदैछन् ।

यूरोपेली फुटबल महासंघ (यूएफा)ले यूरोकप आयोजना गर्दै आएको छ । सन् २०२० को यूरो कपका लागि यूएफाले पुरस्कार राशी बढाएको छ । चालु यूरोकपका लागि यूएफाले पुरस्कार राशी २३ प्रतिशतले वृद्धि गरेको छ ।

गत संस्करणको यूरोकपको कुल पुरस्कार राशी ३०४ मिलियन यूरो थियो । चालु यूरोकममा ६७ मिलियनले बढाएर ३७१ मिलियन यूरो पुर्याइएको छ ।

यूरोकपमा सहभागी टीमको प्रदर्शनका आधारमा ३७१ मिलयन यूरो बाँडफाँट हुन्छ ।

प्रतियोगितामा सहभागी हुने टीमले ९२ लाख ५० हजार यूरो पाउँछन् । ग्रुप स्टेजको खेल बराबरी खेल खेल्ने टीमले ७ लाख ५० हजार यूरो पाउँछन् । ग्रुप स्टेजको खेल जित्नेले १५ लाख यूरो पाउँछन् ।

राउण्ड अफ १६ सम्म पुग्ने टीमले २० लाख यूरो पाउँछन् । त्यसैगरी क्वाटरफाइनलसम्म पुग्ने प्रत्येक टीमले ३२ लाख ५० हजार यूरो पाउँछन् भने सेमिफाइनलसम्म पुग्ने टीमले ५० लाख यूरो पाउँछन् ।

त्यसैगरी प्रतियोगिताको