छिट्टै राष्ट्रियस्तरमा परिणत हुन्छौं, लगानीकर्तालाई निराश पार्दैनौंः सीईओ बिष्ट

Views

लुम्बिनी प्रदेशको रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको मनकामना स्मार्ट लघुवित्तले आज (असार १७ गते)देखि सर्वसाधारणमा सेयर जारी गरिरहेको छ । नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न स्वीकृति पाएको ‘घ’ वर्गको वित्तीय संस्थाले प्रदेशस्तरको सेवा दिईरहेको छ । यसैक्रममा संस्थाको वित्तीय अवस्था, आगामी योजना लगायत विभिन्न विषयमा केन्द्रीत रहेर संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवसिंह बिष्टसँग विकासन्युजले गरेको कुराकानीः

मनकामना स्मार्ट लघुवित्तले कहिलेदेखि सेवा प्रदान गर्दै आएको छ ?
शुरुमा मनकामना लघुवित्त वित्तीय संस्थाको नामबाट स्थापना भएको हो । जुन २०७४ असोज २५ गते कम्पनी रजिष्टारमा दर्ता भई यो संस्थाले सोही वर्ष माघ २ गते नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त गरेको थियो । र, २०७४ फागुन ६ गतेदेखि वित्तीय कारोबार शुरु गरेको हो । त्यसपछि दाङकाे स्मार्ट लघुवित्त वित्तीय संस्थालाई २०७६ साउन ११ गतेदेखि गाभेर ‘र्घ वर्गको प्रादेशिकस्तरको मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार गर्दै आएका छौं ।

संस्थाको केन्द्रीय कार्यालय लुम्बिनी प्रदेशको रुपेन्देहीमा रहेको छ । प्रदेशस्तरको यस संस्थाले हाल ९ वटा जिल्लाको कूल ३६ वटा शाखा सञ्जाल मार्फत १७ हजार ७२७ जना सदस्यलाई सेवा दिँदै आएको छ । जसमध्ये हाम्रो एउटा शाखा प्रदेश बाहिर अर्थात गण्डकी प्रदेशमा रहेको छ । जुन हामीले आरम्भ चौतारी लघुवित्तलाई बिक्री गर्ने सम्झौता गर्दैछौं । प्रदेशस्तरका संस्थाहरुले २०७८ असार मसान्तसम्म प्रदेश बाहिर भएका शाखाहरु बिक्री गरिसक्नुपर्ने नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम हामीले उक्त शाखालाई बिक्री गर्न लागेका हौं ।

त्यसपछि ३५ वटा शाखाहरु रहन्छन् र प्रदेश नम्बर ५ को १२ वटा जिल्लाहरु हाम्रो कार्यक्षेत्र हुने छ । त्यसमध्ये हामीले नवलपरासी, रुपन्देही, कपिलवस्तु, अर्घखाँची, पाल्पा, गुल्मी, दांङ्, बाँके र बर्दियामा शाखा खोलि सेवा विस्तार गरिसकेका छौं भने पूर्वी रुकुम, रोल्पा र प्युठानमा भने हाम्रो शाखा छैन । यससँगै हामीले लुम्बिनी प्रदेशमा मात्रै आगामी आर्थिक वर्षमा कम्तिमा ५ वटा शाखाहरु थप्ने योजना बनाएका छौं । त्यसपछि विस्तारै संस्थालाई स्तरोन्नत्ति गरेर राष्ट्रिय स्तरमा परिणत हुने हाम्रो लक्ष्य छ । अब आउदो वर्ष नभए पनि त्यसपछिको वर्षमा जाने प्रयास गर्छाैं ।

संस्थाको वित्तीय अवस्था कस्तो छ ?
हाल संस्थाको चुक्ता पुँजी ८ करोड २२ लाख ५० हजार र अधिकृत पुँजी २० करोड रुपैयाँ रहेको छ । आईपीओ पश्चात ३ करोड ८९ लाख रुपैयाँ संकलन हुन्छ र कुल चुक्ता पुँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँ पुग्ने छ ।

गत चैत मसान्तसम्म हामीले ९४ करोड ९७ लाख रुपैयाँ कर्जा लगानी गरेका छौं । त्यस्तै, निक्षेप ३० करोड ५१ लाख रुपैयाँ संकलन गरेका छौं । कर्जा र निक्षेपको रेसियो ३० प्रतिशतको हाराहारीमा छ, जुन सन्तोषजनक नै हो । त्यस्तै, हामीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट करिब ६१ करोड रुपैयाँ ऋण लिएका छौं ।

स्थापनाको दोश्रो वर्षदेखिनै नाफामै रहेको यस संस्थाले गत चैत मसान्तसम्ममा ३ करोड ३२ लाख रुपैयाँ सञ्चित नाफा कमाएका छौं । पहिलो वर्ष भने हामीले ३४ लाख १८ हजार रुपैयाँ सञ्चित नोक्सानी व्यहोरेका थियौं ।

संस्थामा कूल १३२ जना कर्मचारी कार्यरत हुनुहुन्छ । त्यस्तै, १८ हजार ५२४ जना कुल सदस्य र ८ हजार ४७७ जना कूल ऋणीहरु हुनुहुन्छ ।

संस्थाले के कस्तो सेवाहरु प्रदान गरिरहेको छ ?

संस्थाको मूख्य सेवा भनेको कर्जा र बचत नै हो । कर्जाको प्रडक्टहरुमा दुई मुख्य प्रडक्टहरु रहेका छन्, एउटा धितो कर्जा र अर्को बिना धितो कर्जा । यसअन्तर्गत हामीले अधिकांश लगानी कृषि सेवामा नै गरिरहेका छौं । राष्ट्र बैंकको व्यवस्था अनुसार हामीले ३० प्रतिशत लगानी कृषिमा गर्नुपर्छ । त्यसपछि, सानो पसल व्यवसाय तथा साना उद्योगहरुको लागि पनि हामीले कर्जा प्रदान गरिरहेका हुन्छौं ।

धितो र बिना धितो कर्जामा पनि बन्देज छ । कूल कर्जाको एक तिहाई मात्रै हामीले धितो कर्जा गर्न पाउँछौं । त्यसैले कूल कर्जामा बिनाधितो कर्जा ७० करोड ३८ लाख रुपैयाँ छ भने धितो कर्जा २४ करोड ५८ लाख रुपैयाँ मात्रै रहेको छ ।

हामीले कर्जाको बीमा र सदस्यको बीमा गरिरहेका छौं । कर्जाको बीमा कर्जा सुरक्षण कोषबाट गरेका छौं भने सदस्यको बीमा नेशनल लाइफ इन्स्योरेन्सबाट गरेका छौं । सदस्यहरु दोहोरो तरिकाले सुरक्षित होउन् तथा उनीहरुको कर्जा पनि सुरक्षित होस् र जीवन पनि सुरक्षित होस् भन्ने उद्देश्यले सदस्यको बीमा गराएका छौं ।

जस्तै, कसैलाई एक वर्षको लागि एक लाख रुपैयाँ कर्जा लगानी गरेका छौं भने सम्बन्धित ऋणी र उसको परिवारको हामीले सोहि रकम बराबरको आवधिक जीवन बीमा गरिदिएका छौं । जसलाई लघुकर्जा जीवन बीमा पनि भनिन्छ ।

मनकामना स्मार्टको मूख्य लक्ष्य के हो ?

संस्थाको मूख्य उद्देश्य भनेको नै ग्रामिण क्षेत्रमा वित्तीय पहुँच पुर्याएर उक्त क्षेत्रमा भएका सबै कारोबारहरु वित्तीय सेवा सुविधा मार्फत गराउनु हो ।

हाम्रो समूहमा अधिकांश अर्थात ९५ प्रतिशत महिला नै आवद्ध हुनुहुन्छ । यससँगै, हामीले उनीहरुलाई वित्तीय साक्षरता दिने, कारोबार गर्न सिकाउने, शैक्षिक तथा स्वास्थ्य सम्बन्धि चेतना दिने लगायत उनीहरुको जीवनस्तर माथि उठाउनको लागि आवश्यक सेवाहरुको बारेमा जानकारी गराउनु हाम्रो लक्ष्य हो । आर्थिकसँगसँगै सामाजिक आर्थिक गतिविधिहरुलाई पनि जोड दिन्छौं ।

हाम्रो मूख्य उद्देश्य भनेको कर्जाको माध्यमद्वारा सदस्यहरुको आर्थिक अवस्था माथि उठाउने र वित्तीय आर्थिक क्रियाकलापमा संलग्न गराउने नै हो ।

कोरोना महामारीको समयमा के कसरी सेवा प्रवाह गरिरहनुभएको छ ?
अहिले त केही सहज भइसकेको छ । तर विगत दुई महिना र पहिलो चरणको कोरोना महामारीमा पनि हामीले शाखा बन्द गरेनौं । शाखा खुला भएपनि केन्द्रमा जाने अवस्था थिएन । कर्मचारीको कारणले महिलालाई रिस्क र महिलाको कारणले कर्मचारीकालाई रिस्क हुने अवस्था थियो । त्यसैले जहाँ महामारी कम थियो, रिक्स थिएन त्यहाँ सामाजिक दुरी कायम गर्दै सीमितले एकमुष्ठ रुपमा रकम संकलन गर्ने व्यवस्था मिलाएका थियौं । बचत भुक्तानीको लागि भने शाखा कार्यालय खुला नै थियो । तर कर्जा असुलीको लागि भने जान सकेनौं ।

डिजिटलाईजेशनमा किन आवद्ध नहुनुभएको ? आवश्यक नभएर की ?
हाेइन, अन्य क्षेत्रलाई जस्तै, माइक्रोफाइनान्सलाई पनि डिजिटलाईजेशन त अहिले अत्यन्तै आवश्यक छ । तर पनि हामी त्यसमा आवद्ध भइसकेका छैनौं ।

कतिपय सदस्यहरुसँग फोन त के सीम कार्ड नै छैन । भएकाले पनि चलाउन सक्दैनन् । तैपनि हामीले अहिले एसएमएस अलर्टसम्म भने गरिरहेका छौं । तर अन्य सेवा भने दिन सकेका छैनौं । अब यो पनि विस्तारै सहज तरिकाले प्रयोगमा ल्याउने तयारीमा छौं । त्यसको लागि हामीले सदस्यहरु मध्य कति मोबाइल बैंकिङ्ग चलाउन सक्ने अवस्थामा छन् र कति एसएमस अलर्टमा मात्रै सीमित हुन चाहन्छन् भनेर केही तथ्य निकाल्दै छौं । त्यसपछि हामीले मोबाइल बैंकिङ्ग, ईसेवा जस्ता विभिन्न प्रविधिमा जोडिने योजना बनाईरहेका छौं । मलाई लाग्छ यो संस्था अब आउँदो वर्ष धेरथोर जति सकिन्छ वित्तीय प्रविधिमा जोडिने छ ।

महामारीमा ग्राहकलाई के कस्तो सहुलियत दिनुभयो ?
लकडाउनले गर्दा सबैभन्दा बढी असर जसको आर्थिक अवस्था कमजोर छ, उनीहरुलाई नै पर्छ । माइक्रोफाइनान्समा आवद्ध भएका ऋणीहरु अधिकांश विपन्न वर्गका नै हुन्छन् । जसले गर्दा मजदुर गर्ने, सानातिना व्यवसाय गर्नेहरुको व्यवसाय नै बन्द, कृषि गर्नेको उत्पादन बिक्री बन्द छ, त्यसैले उनीहरुलाई एकदमै प्रभाव परेको छ ।

त्यसैले पनि हामीले ढिला कर्जा बुझाउनेलाई हर्जना शुल्क छुट गराएका छौं । अब कर्जा भुक्तानी गर्ने समय पनि ६ महिना थप्नुपर्छ भनेर हामी लघुवित्तहरुले संघमार्फत आवाज उठाएका छौं । र, राष्ट्र बैंकको निर्देशन कुरेर बसेका छौं । विगतको जस्तै यो पटक पनि राष्ट्र बैंकले संस्था र ग्राहक दुबैलाई केही सहुलियत हुने व्यवस्था गर्छ भन्ने मलाई लाग्छ ।

महामारीपछि अबको रिपोर्टमा संस्थाको वित्तीय अवस्था कस्तो आँकलन गर्नु भएको छ ?
मलाई लाग्छ असारमा रेगुलर आम्दानीमा धेरै असर पर्दैन । किनभने यो दुई महिनाको व्याज उठिहाल्छ । सावा संकलन नभएपनि व्याज ८० प्रतिशतजति संकलन हुनेछ । तर माइक्रोफाइनान्समा कस्तो हुन्छ भने एक किस्ता नआएपनि त्यो रकम प्रोभिजन गर्नुपर्ने हुन्छ । त्यसैले हामीलाई हिट गर्ने भनेको यो दुई महिनाको प्रोभिजनको हो । यदि राष्ट्र बैंकले केही निर्देशन आएन भने प्रोभिजन ह्वात्तै बढेर जान्छ ।

त्यसैले रेगुलर आम्दानीमा भन्दा पनि प्रोभिजनमा केही असर गर्छ कि भन्ने हो । यसमा केही छुट भयो भने सहज होला । नत्र प्रोभिजन बढ्छ र हामीले गत तेश्रो त्रैमासमा जुन अनुपातमा नाफा गरेका थियौं, त्यो अनुपातमा आगामी त्रैमासमा हुँदैन ।

आईपीओ जारी गरिरहनु भएको छ । अब यसमा लगानी गर्नेहरु कत्तिको सन्तुष्ट हुन सक्लान् ?
हाम्रो संस्था धेरै ठूलो संस्था होइन । प्रदेशस्तरको संस्था भएकोले हाम्रो कार्यक्षेत्र प्रदेशमै सीमित रहेको छ । यससँगै प्रदेशमा कूल ४० वटामात्रै शाखा सञ्चालन भयो भने लगानीको उचित प्रतिफल दिने छौं । यसको मतलब अन्य बैंक तथा वित्तीय संस्थाले दिने रिटर्न हामीले पनि दिन्छौं जस्तो लाग्छ ।

अब तेश्रो लहर आयो भने रिटर्नमा केही असर त गर्छ नै । तर सामान्य अवस्था भएको अवस्थामा भने बढ्न पनि सक्छ । र, पनि लगानीकर्ताहरु निराश हुने खालको प्रतिफल हुँदैन भन्ने अहिलेको प्