मर्जरको पाइपलाइनमा २१ वटा बैंक तथा वित्तीय संस्था, प्रक्रिया पूरा नगर्ने १५ वटाको मर्जर भाँडियो

मर्जरको पाइपलाइनमा २१ वटा बैंक तथा वित्तीय संस्था, प्रक्रिया पूरा नगर्ने १५ वटाको मर्जर भाँडियो thumbnail
Views

दिलु कार्की २०७८ असार १७ गते १८:४० मा प्रकाशित

काठमाडौं । राष्ट्र बैंकमा २१ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जरको पाइपलाइनमा छन् ।

मर्जर तथा प्राप्तिको प्रारम्भिक सम्झौता गरी २ वर्षदेखि यी संस्थाहरु अन्तिम स्वीकृतिको पर्खाइमा छन् ।

मर्जरको पाइपलाइनमा रहेका बैंक तथा वित्तीय संस्थामध्ये २ वटा विकास बैंक र १८ वटा लघुवित्त वित्तीय संस्थाहरु हुन् ।

मर्जर तथा प्राप्तिको पारम्भिक सम्झौता गरी राष्ट्र बैंकमा आए पनि केहीले संस्थाहरुले अन्तिम स्वीकृतिका लागि आवश्यक प्रक्रिया पूरा गर्न ढिलाइ गरेका राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए ।

‘हतारमा एमओयू गरेर राष्ट्र बैंक आउँछन्, त्यसमा आवश्यक प्रक्रिया पुरा गर्नमा भने ढिलाइ गर्ने पाइपलाइनमा भएका केही बैंक तथा वित्तीय संस्थाहरु छन्,’ उनले क्लिकमाण्डूसँग भने, ‘मर्जर गर्नका लागि अनुमति माग्न आएका संस्थालाई प्रक्रिया चाँडो गर भनेर राष्ट्र बैंकले भन्न मिल्दैन, उनीहरुको आन्तरिक छलफलको समयमै टुङ्गो नलाग्दा प्रक्रिया ढिलो भएको हो ।’

मर्जर तथा प्राप्तिको स्वीकृतिको आवेदन दिएका बैंक तथा वित्तीय संस्थाले सैद्दान्तिक स्वीकृति (एलओआइ) दिएको ३ महिनाभित्र आवश्यक अन्य प्रक्रिया पूरा गरिसक्नु पर्छ । सोहीअनुसार राष्ट्र बैंकले एकीकृत कारोबारको अन्तिम स्वीकृति दिन्छ ।

मर्जरको पाइपलाइनमा भएका बैंक तथा वित्तीय संस्थाहरु
राष्ट्र बैंकबाट प्राप्त तथ्यांक अनुसार चालु आर्थिक वर्षको असार १६ गतेसम्म १० जोडी अर्थात् २१ वटा बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्तिको अन्तिम स्वीकृतिको पर्खाइमा छन् ।

जसमा अघिल्लो आर्थिक वर्षको पुषदेखि नै धौलागिरी लघुवित्त र आँधिखोला लघुवित्तको मर्जर आवेदन पाइपलाइनमा छ । तर राष्ट्र बैंकले एलओआई दिइसकेपछि पनि अन्तिम स्वीकृतिका लागि प्रक्रिया पूरा नगर्दा यी संस्थाहरुको मर्जर रद्द हुने प्रक्रियामा छ ।

यसैगरी, गत आवको असोज महिनादेखि मिरमिरे लघुवित्त र सिर्जना लघुवित्तका साथै स्वास्तिक लघुवित्त र समाज लघुवित्त मर्जरको पाइपलाइनमा छन् ।

साथै सोही महिनादेखि गरिमा विकास बैंकले साहरा विकास बैंकलाई प्राप्ति गर्नका लागि अन्तिम स्वीकृतको पर्खाइमा छन् । यी संस्थाहरुलाई राष्ट्र बैंकले मर्जरको सैद्दान्तिक स्वीकृति दिइसकेको छ ।

यस्तै गत आवदेखि नै मर्जर तथा प्राप्तिको पाइपलाइनमा डिप्रोक्स लघुवित्तले नाडेप लघुवित्तलाई प्राप्ति गर्न, इन्फटी लघुवित्तले नेपाल एग्रोलाई प्राप्ति गर्न र आरम्भ लघुवित्तले बीपीडब्लु लघुवित्त र देउराली लघुवित्तलाई प्राप्ति गर्न आवेदन दिएर स्वीकृतिको पर्खाइमा छन् ।

साथै, वीन लघुवित्त र नेपाल सेवा लघुवित्तबीच मर्जरको प्रक्रिया समेत गत वर्षदेखि नै पाइपलाइनमा छ । मर्जर तथा प्राप्तिको पाइपलाइमा भएका सबै बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले एलओआइ दिइसकेको छ ।

त्यसैगरी विजया लघुवित्त र खप्तड लघुवित्त, स्वस्तिक लघुवित्त र समाज लघुवित्त संस्था पनि मर्जरका लागि स्वीकृतिको पर्खाइमा छन् ।

एलओआइ पाइसकेर ३ महिनाभित्र पनि एकीकृत कारोबारलाई माग गरिएको कागजात पेश नगर्ने संस्थाको मर्जरको आवेदनलाई राष्ट्र बैंकले रद्द गराउने राष्ट्र बैंकका प्रवक्ता ढकालले उनले बताए ।

‘सैद्दान्तिक सहमति पाएर अन्तिम स्वीकृतका लागि समयमै प्रक्रिया पूरा गर्न सकेनन् भने ती संस्थाले डिमर्जरको पत्राचार राष्ट्र बैंकमा गराउनु पर्ने हुन्छ र सोहीअनुसार दिएको मर्जर स्वीकृतिको आवेदन राष्ट्र बैंकले रद्द गराउँछ,’ उनले थपे ।

मर्जर तथा प्राप्ति भाँडिएका बैंक तथा वित्तीय संस्थाहरु
राष्ट्र बैंकको तथ्यांकअनुसार २०७५ साल यता मर्जर तथा प्राप्तिको प्रारम्भिक सहमति गरी सैद्दान्तिक र अन्तिम स्वीकृतिका लागि आवेदन दिएर पनि १५ वटा बैंक तथा वित्तीय संस्थाको आवेदन रद्द भएको छ ।

जसमा २ वटा वाणिज्य बैंक, ३ वटा विकास बैंक, १ वटा फाइनान्स कम्पनी र ९ वटा लघुवित्त कम्पनीहरु हुन् । यी संस्थाहरुले राष्ट्र बैंकको मर्जर ऐन अनुसार आवश्यक कागजात समयमै पेश गर्न नसक्दा र आन्तरिक कारोबारमा सहमत