चार सहसचिव सचिवमा बढुवा

View

काठमाडौं । विभिन्न सेवा तर्फका चार जना सहसचिव सचिवमा बढुवा भएका छन् । बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले लोक सेवा आयोगको सिफारिसका आधारमा सचिवमा बढुवा गरेको हो ।

डा. दामोदर रेग्मी, गणेशप्रसाद पाण्डे, डा. कृष्णप्रसाद आचार्य र प्रमिला बज्राचार्य सचिवमा बढुवा भएका हुन् । डा. दामोदर रेग्मी र पाण्डे प्रशासनतर्फ तथा आचार्य र बज्राचार्य प्राविधिकतर्फबाट सचिवमा बढुवा भएका हुन् । रेग्मी ज्येष्ठताको आधारमा बढुवा भएका हुन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार प्रशासनतर्फ अझै तीन जना सचिव पद रिक्त रहेको छ । अब बढुवाको सिफारिस हुने लाइनमा सहसचिवहरु मधुसुदन बुर्लाकोटी, खगेन्द्र नेपाल, किरणराज शर्मा, रामप्रसाद घिमिरेलगायत छन् ।

आयोगले प्रशासन समूहबाट सहसचिवहरू गणेश पाण्डे, मधुसूदन बुर्लाकोटी र कृष्णहरि पुष्कर, कृषि तथा वन समूहबाट सहसचिव कृष्णप्रसाद आचार्य, निरु दाहाल, दिपक खराल र इन्जिनियरिङ सेवाबाट प्रमिला बज्राचार्य, सुशीलचन्द तिवारी र गोपालप्रसाद सिग्देलको नाम