विश्वस्त हुनुस्, पूँजी बजारको नेतृत्व सीआईटीले गर्छः अध्यक्ष भट्टराईको विचार

Views

आर्थिक वर्ष २०७६/७७ को यो बार्षिक साधारणसभा कोभिड–१९ को दोस्रो लहरको महामारी बीच सरकारले निर्धारण गरेका स्वास्थ्य सम्बन्धी मापदण्डहरुको पालना गर्नु पर्ने परिस्थितिका कारण सूचना प्रविधिको उपयोग गरी भर्चुअल माध्यमबाट गर्नु परेको व्यहोरा यहाँहरुलाई विदितै छ । यस विषम परिस्थितिको वावजुत यो वार्षिक साधारणसभा यही आर्थिक बर्ष भित्र सम्पन्न गर्ने अठोटका कारण आज आयोजना गरिएको छ । नागरिक लगानी कोषले आधुनिक र सुविधा सम्पन्न कार्यालय भवन निर्माण गर्ने विगत लामो समय देखिको आकांक्षालाई मुर्तरुप दिई यो वर्ष आफनै भवनमा साधारणसभा गर्न पाउँदा म अत्यन्त हर्षित छु ।

यस वार्षिक साधारण सभामा कोष संचालक समितिको तर्फबाट प्रस्तुत गरिएको प्रतिवेदनमा मुलुकको समग्र आर्थिक विकासमा कोषले पुर्याएको योगदान, आ.व. २०७६/७७ मा कोषले संचालन गरेको कार्यक्रम, कोषको कारोवार मुनाफाको स्थिति लगायतका विषयहरु उल्लेख गरी सकेको छु । सो वार्षिक प्रतिवेदन कोषको वेवसाइट तथा पुस्तकको रुपमा उपलब्ध गराई सकिएको छ । यस गरिमामय सभामा उक्त प्रतिवेदनमा उल्लेखित विषयहरु संक्षेपमा प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

आदरणीय शेयरधनी महानुभावहरु,

आर्थिक वर्ष २०७६/७७ को वित्तीय विवरणहरु वार्षिक प्रतिवेदनमा उल्लेख गरिएकै छ । कोषले यस आ.व.को जेठ मसान्तसम्ममा रु. १ खर्व ७२ अर्व रकम संकलन र रु.१ खर्व ७१अर्व ९७ करोड लगानी गरेको छ । यस आ.व. मा कोषको पूँजी बृद्धि हुनका साथै कारोबार विस्तार भई विगत देखि संचालन हुँदै आएका कोषहरु, हिसाब योजना तथा पुँजी बजार सम्बन्धी सेवाहरु समेत निरन्तर रुपमा सञ्चालन भइरहेका छन् ।
कोषको आर्थिक वर्ष २०७६÷७७ को करपछिको खुद नाफा रु.६१ करोड ९६ लाख ७० हजार रहेको छ ।

खुद मुनाफा मध्ये बाँडफाँड योग्य रकम रु.५५ करोड ३६ लाख ७२ हजार रहेको छ । उक्त रकमबाट नागरिक लगानी कोष ऐन, २०४७ को दफा ४० र ४१ मा भएको व्यवस्था अनुसार रु.१२ करोड ३९ लाख ३४ हजार साधारण जगेडामा राखी बाँकी रकम मध्येबाट आ.व. २०७६/७७ मा ९ प्रतिशत बोनस शेयर र ८.८९४७ प्रतिशत नगद लाभांश वितरणको लागि शेयरधनी समक्ष प्रस्ताव गरिएको व्यहोरा अनुरोध गर्दछु ।

कोषको कारोबार विस्तार गर्न स्वरोजगार र वैदेशिक रोजगारमा रहेका नागरिकलाई आबद्ध गराउने उद्वेश्यले नागरिक पेन्सन योजना कार्यक्रम सुरु गरिएको छ । देशको पुँजीबजारको विकास, विस्तार र स्थायित्व प्रदान गर्ने उद्वेश्यले कोषको अग्रसरतामा नागरिक स्टक डिलर कम्पनी स्थापना गरी कारोबार सुुरु भएको छ ।

कोषद्वारा संचालित सम्पूर्ण कार्यक्रमहरुमा NLK Web Based Software पूर्ण रुपमा लागू गरिएको छ । साथै नेपाल सरकारको CGAS सफ्टवेयरमा Data आदान प्रदान गर्ने कार्य सम्पन्न भएको छ । नयाँ सफ्टवेयरको प्रयोगको लागि आवश्यक उपकरणहरु खरिद गरी कोषको प्रणालीमा जडान गरिसकिएको छ ।

आदरणिय शेयरधनी महानुभावहरु,

कोषले संचालन गरिरहेका अवकाश कोष कार्यक्रमका सहभागीहरु विशेष गरी सरकारी, गैर सरकारी एवं नीजि प्रतिष्ठानमा कार्यरत कर्मचारी मात्र रहेको हुँदा कोषद्वारा नसमेटिएका अन्य क्षेत्रका नेपाली नागरिकहरुलाई पनि सामाजिक सुरक्षाको प्रत्याभूति सहितको बचत कार्यक्रमले समेट्न सकिने सम्भावना रहेको छ ।

कोषले संकलन गरेको बचत रकमलाई राष्ट्रिय गौरवका आयोजनाहरुमा लगानी गरी “समृद्ध नेपाल सुखी नेपाली”को परिकल्पना पूरा गर्ने एवम् लगानी विविधीकरण गरी प्रतिफलको अभिवृद्धि गर्न सकिने अवसरहरु रहेका छन् ।

कोषसँग पुँजी व्यवस्थापनको लामो अनुभव तथा सर्वसाधारणको अगाध विश्वास र भरोसा रहेको हुँदा सार्वजनिक संस्थान तथा अन्य निकायहरुको पेन्सन कोष जस्ता कार्यक्रम संचालन गर्न सकिने सम्भावना रहेको छ । वित्तीय बजार र पुँजीबजारमा कोषले नेतृत्वदायी भूमिका खेल्न सक्ने सम्भावना रहेको छ । यी संभावनाको भरपुर उपभेग गर्न कोष व्यवस्थापन र संचालक समिति लागि पर्ने कुराको विश्वास यहाँहरुलाई दिलाउन चाहान्छु ।

आर्थिक बर्ष २०७५÷७६ को साधारण सभामा यहाँहरुले उठान गर्नु भएका अधिकांश सुझाबहरुलाई कोषले महत्वका साथ कार्यान्वयन गरिसकेको छ । केही कार्यान्वयनको चरणमा रहेका छन् । गत आर्थिक बर्ष र यस आर्थिक वर्षमा विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ महामारीको पहिलो तथा दोस्रो लहर तथा उक्त महामारीको संक्रमण विस्तारलाई रोक्न गरिएको बन्दाबन्दी तथा निषेधाज्ञाका कारण देशको आर्थिक गतिविधि संचालनमा प्रतिकुल अवस्था सिर्जना भएकोले कोषको कारोवारलाई समेत असर पर्ने देखिएको छ ।

कोषमा विद्यमान उपरोक्त सम्भावना तथा अवसरको उपयोग गर्दै समस्या एवम् चुनौतीहरुलाई समाधान गरी लगानीको विविधीकरण गर्दै उत्पादनशील क्षेत्रमा लगानी गरी कोषलाई नाफामुलक बनाउन प्रयास गरिने छ । साथै, कोषको उद्देश्य हासिल गर्न शेयरधनी महानुभावहरुबाट विगतमा जस्तै उपयुक्त सल्लाह, सुझाव र सहयोग प्राप्त भइरहने छ भन्ने विश्वास लिएको छु ।

आदरणिय शेयरधनी महानुभावहरु,

कोषलाई समयको गतिसँगै सक्षम, सुदृढ र गतिशील बनाउन शेयरधनी महानुभावहरु