निषेधाज्ञा असार १४ सम्म थप : गाडीमा जोरबिजोर लागू, बार अनुसार पसल खोल्न दिइने

निषेधाज्ञा असार १४ सम्म थप : गाडीमा जोरबिजोर लागू, बार अनुसार पसल खोल्न दिइने thumbnail
View

निषेधाज्ञा असार १४ सम्म थप : गाडीमा जोरबिजोर लागू, बार अनुसार पसल खोल्न दिइने

चाणक्य पोष्ट

प्रकाशित : 5:36 pm, आइतबार, असार ६, २०७८

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप १ साता लम्ब्याइएको छ । आज बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले जारी निषेधाज्ञा असार १४ गतेसम्म थप गर्ने निर्णय गरेको हो ।

उपत्यकामा जारी निषेधाज्ञा यसअघि थपिएको म्याद भोलि राति १२ बजे सकिँदै छ । निषेधाज्ञाको समयवधि थपिएको यो छैटौं पटक हो । काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ ।

अबको निषेधाज्ञा अहिलेकोभन्दा केही खुकुलो बनाइएको छ । निजी सवारीसाधन जोरबिजोर प्रणालीका आधारमा संचालन गर्न दिइने भएको छ । ट्याक्सीहरूलाई पनि जोरबिजोर लागू गरेर चलाउन दिइनेछ । सार्वजनिक सवारीसाधन भने खुला गरिएको छैन् ।

यस्तै, खाद्यान्न, किराना पसल, डिपार्टमेन्ट स्टोर, तरकारी, फलफूल, दूध डेरी पुस्तक पसल बिहान ११ बजेसम्म खोल्न दिइने छ भने निर्माण सामग्रीका पसलहरू बिहान ११ देखि साँझ ६ बजेसम्म खोल्न दिइने छ ।

आर्थिक गतिविधि चलायनमान बनाउन बार अनुसार पसल खोल्न दिइ