लगानी कोषले ल्यायो पर्यटन क्षेत्रका कर्मचारी लक्षित विशेष सापटी सेवा

लगानी कोषले ल्यायो पर्यटन क्षेत्रका कर्मचारी लक्षित विशेष सापटी सेवा thumbnail
View

लगानी कोषले ल्यायो पर्यटन क्षेत्रका कर्मचारी लक्षित विशेष सापटी सेवा

चाणक्य पोष्ट

प्रकाशित : 5:27 pm, आइतबार, असार ६, २०७८

काठमाडौं । नागरिक लगानी कोषले कोभिड प्रभावित पर्यटन क्षेत्रमा विशेष सापटी सेवा योजना ल्याएको छ । कोषले कोरोनाबाट अति प्रभावित पर्यटन उद्योगसँग सम्बद्ध–होटल, ट्राभल, टे«किङ तथा उडड्यन क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई लक्षित गर्दै यो योजना ल्याएको हो ।

यी क्षेत्रहरुमा कार्यरत कर्मचारीहरुले नागरिक लगानी कोषबाट संचालित कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोष कार्यक्रममा सहभागी हुँदा मासिक रुपमा कट्टा गरेको रकम सापटी लिन चाहेमा उक्त सापटीमा सहभागीलाई थप ब्याज शुल्क नलिई सापटी प्रदान गर्ने व्यवस्था मिलाइएको छ ।

यसले मुलुकको हालको असमान्य परिस्थितिमा कोषका सहभागीलाई थोरै मात्रामा भएपनि राहत र सहयोग पुर्याउने उद्देश्यले यस्तो सुविधा उपलब्ध गराउन लागिएको हो । कोभिड प्रभावित विशेष सापटी नाम दिइएको यस सुविधा अन्