बैंकर ज्वाइ रोजौं कि, सेयर कारोवारी या बीमाकर्मी ?

Views

नन्दले अमेरिका बस्ने आफनो भान्जाको लागि बैंकमा काम गर्ने मेरी छोरी सरुसँग विवाहको प्रस्ताव ल्याएकी थिइन् । आजै रातिसम्ममा निर्णय दिनु है भाउजू भन्ने उनको आग्रह थियो ।

उनी गएपछि म रातभरि निक्कै दोधारमा परें । के गरौं, कसो गरौं भन्ने भइरह्यो । फेरि मेरो छोरीले पनि त खुलेर मसँग कोही केटा मन पराएको छ भनेर भन्न पनि सकिन नि । त्यसैले पनि होला मलाई निर्णय लिन असाध्यै गाह्रो भयो । त्यसमाथि श्रीमान पनि यहाँ हुनुहुन्न । उँहालाई सोध्यो भने पनि ‘आफै विचार गरन, घर व्यवहारमा तिमी आफै परिपक्क छौं’ भनेर भन्नु हुन्छ ।

अव मैले एउटा फैसला लिनै पर्ने थियो । मैले देखेकी थिए, बैंकरहरु है…है… गर्दै रात दिन काममै व्यस्त भएका, टागे्रट टार्गेट भन्दै टेन्सन लिएका, अनि शनिवारको दिन पनि आफ्नो लागि, परिवारको लागि नभनी बैंककै कामका ग्राहकको घरघर दौडेका ।

बंैकरहरुको भागदौडको जिन्दगी देखेर बैंकर ज्वाइभन्दा अमेरिकाको ग्रिनकार्ड होल्डर ज्वाइ नै ठीक होला भन्ने लागिसकेको थियो । मलाई बंैकर ज्वाइको सासु हुन मन लागेन । मलाई अमेरिकाको ग्रिनकाडै होल्डर ज्वाइ कै सासु हुन मन लाग्यो ।

नन्दको भान्जाले नन्दलाई पठाइदिएको कोसेली स्वरुप चकलेट, जुन मलाई पनि उसले दिएको थिइन्, त्यो गुलियो चकलेट चुस्दै मैले नन्दलाई भान्जासँग कुरा चलाउ भन्दै एसएमएस पठाएँ । हुन सक्छ, मेरो मनको कुनै भित्री कुनामा आफनो छोरी अमेरिका बस्ने केटालाई दिएपछि म पनि कुनैदिन नातिनातिना स्याहार्ने वहानामा अमेरिका जान र हेर्न पाउछु कि । सायद त्यहि भएर होला, अमेरिका गएको रंगिन सपना देख्दै त्यो रात म मस्त सुते ।

भोलिपल्ट मैले सरुलाई सबै कुरा बताए । आफूले नन्दलाई ग्रिनकार्ड होल्डर केटासँग तिम्रो विवाह गरिदिने वचन दिएको कुरा पनि बताए । मेरो कुरा सुनेर सरु छक्क परिन् ।

‘ममी तपाईले यो के गर्नु भएको ? फुपूको भान्जा रे ? उसलाई त म राम्रे चिन्दछु नि, उ त कलेजमा विग्रेको केटा हो । चुरोट पनि खान्थ्यो । उ त कुलतमा लागेको मान्छे हो नि । त्यसमा पनि डीभी परेर पो अमेरिका गएको हो त । पढाइ राम्रो भएर होइन । नाई, हुन सक्दैन यो नाता । म बैंकको जागिर छोड्न सक्दिन । म त नेपालमै बस्ने । म नागकिता छोडेर जान सक्दिन । देशमै केही गर्ने । मलाई देशको माया छ ।’

सरुले रुदै भन्न थालिन् । मलाई पनि नन्दलाई एसएमएसबाट वाचा दिएकोमा ग्लानी महसुस भयो । हुन्छ नि त, म नाई भनिदिन्छु नि त, भन्दै आफ्नो कोठामा लागें ।

भन्न त भने तर अब ‘सरि’ कसरी भन्ने नन्दलाई ? डर लागिरहेको थियो । होस्, फोन गरेर भन्नुपर्यो भनेर फोन गरेको फोन नै लागेन । दुईतिन चोटी कोसिस गर्दा अचानक मोवाइलले व्यालेन्स गेटिङ लो भनिदियो । एसएमएस चाही जाला भनेर हेरेको हिजोको मैले नन्दलाई पठाएको म्यासेज पनि ब्यालेन्स नभएर गएको रहेनछ ।

म खुशीले गद् गद भए । सायद दुनियामा म पहिलो मान्छे हो, जो मोवाइलमा व्यलेन्स नहुदा खुशी हुने । अनि म मख्ख पर्दै राति पठाएको र ड्रफट्मा बसेको म्यासेज डिलिट गरिदिए । मनमनै भने, राम्रो भो, भन्नै परेन ।

आजको रात पनि फेरि नन्दले दिएको अमेरिकाबाट पठाइदिएको ठूला ठूला गुलिया (दुई तिन वटा खादा अघाइने खालका) चकलेट खादै म ओछ्यानमा पल्टदै सोच्न थालें । सधै मैले सानी देख्ने छोरी कत्ति बुझने कुरा गर्छे । कत्ति परिपक्क छे । कत्ति माया छ देशको उसलाई । अनि फेरि नेपालमै केहि गरौं भन्ने भावना पनि छ उसमा । उमा पारदर्शिता छ । जे छ, क्लियर छ, उसको पेशा जस्तै ।

आखिर किन नहोस पनि, वित्तिय पारदर्शिता भएको क्षेत्रमा काम जो गर्छे । वास्तवमै उसलाई बैंकले धेरै कुरा सिकाएको छ । त्यही कुरा घरमा पनि ऊ लागू गर्छे । समय व्यवस्थापन, टार्गेट, कामको प्रेसर, कामको लोढ त बंैकमा हुन्छ नै तर म नराम्रो संझिन्थे त्यसलाई । बैंकरहरु है..है गर्छन् भन्थे तर त्यसो होइन रहेछ । त्यसले त हामीलाई र हाम्रो निजी जिवनलाई पनि पो सहयोग गर्दाे रहेछ । घरमा जत्ति तनाव भएपनि उ टेन्सन कहिल्यै लिन्न, काम घरको जत्ति भएपनि उ कहिल्यै थाक्दिन, बैंकमा काम गर्दा नथाके जस्तो । अनि पैसा पनि सोचेर खर्च गर्छे । वचत पनि गरेकी छे । यो सबै कुरा उसले उसको बैंकबाट नै त सिकेकी हो नि । डेराको घरमा कत्ति वस्नु, मेरो बैंकवाट होमलोन आउने कुरा छ । अव आफ्नै घर किन्नु पर्छ पनि भन्दै थिइँ । अस्तिको साल बोनसमा बेरुवा सुनको औठी किनदिएको थिइ मलाई सरुले । मैले पनि यो साल अस्तिको जस्तै आसगर्दै यो साल पनि असार लागिसक्यो, अब साउनमा त बोनस झर्छ नि छोरी, के किनिदिने ममीलाई वोनस आउन लाग्यो त ? भनेर भन्दा आफ्नो लागि हो कि, हाम्रो लागि पनि त सोच्नु परेन भन्दै थिइन् । नकिन्ने वचाउने भन्दै थिइन् । सायद उसको घर वनाउने र डेराबाट छुटकारा पाउने योजना पो छ कि । कति बुझ्ने छे मेरी छोरी ।

मलाई आफनो छोरीप्रति गर्व लागेर आयो । घमन्ड जाग्यो । वास्तवमा उसलाई पाउने ज्वाइ त सारै भाग्यमानी । खै, कसको छोराको भाग्य जाग्ने हो मेरी छोरीको लागि । बरु म पो केटा केटी छु की क्या हो ? उसको अगाडि । म पो व्यवहारमा बच्चा छु कि क्या हो ? धन्न छोरीले वुझेकी रहिछे ग्रीनकार्ड होल्डर केटालाई ।

मेरो मन आफैदेखि भारी भएर आयो । मलाई गुलियो चकलेट पनि आज किन किन खल्लो लाग्यो । खल्लो लाग्यो चकलेट । खल्लो लाग्यो अमेरिका, अनि खल्लो लाग्यो हुन आटेको तर हुन योग्य नभएको ग्रीनकार्डवाला ज्वाइ । ज्वाइ पनि के भनौं, केटा ।

अव मैले सरुको लागि भोलिबाटै वित्तिय क्षेत्रमा काम गर्ने केटा खोज्नु पर्छ । इन्सुरेन्स कम्पनीमा काम गर्ने केटा खोज्नु पर्छ । अथवा टाइसुट लगाउने चिटक्क पर्ने हेन्डसम बैंकर केटा खोज्नु पर्छ । होइन्, होइन । सुचकहरु सवै हरिया छन नेप्से वढेको छ ३ हजार पुग्न लाग्यो, सेयर कारोबारी ज्वाइ रोज्नु पर्छ ।

इन्योरेन्स तिर लागेको केटो खोज्ने कि बैंकतिर, या सेयर बजारतिर लागेको ? बैंक, इन्स्योरेन्स, सेयर बजार ? कताका रोजौं ? उफ, टाउको पो दुख्न थाल्यो । आ…होस्, दिमागलाई कत्ति चलाउनु जे पर्ला पर्ला, अब म मेरो बीमा गर्नु छ भनेर बीमा कम्पनीमा जान्छु, केटा हेर्न । यत्रो बंैक छ शाखा पनि धेरै छन्, पालैपालो सबै बैंकमा खाता खोल्नु छ भनेर बैंक पनि जान्छु । अनि नियाल्छु । बेयर ब्रोकरकोमा पनि जान्छु, कतै त्यता पो छन् कि मेरो हुनेवाला ज्वाइ । ज्वाइ त बुझेरै खोज्नु पर्यो नि, छोरीको भविश्यको पो सवाल छ । जिन्दगी बिताउने जस्तो कुरा पो हो त । त्यसमा पनि म आमा हूँ । अलिअलि मिहिनेत आमा भएपछि गर्नु त पर्छ नि । हुन त भविश्य कसलाई थाहा हुन्छ र । कतै हुने वाला मेरो ज्वाइ नेप्से बढ्यो भन्दै कुनै ब्रोकरको अफिसमा बसेर हरिया सुचकमा पो मख्ख परेका छन् कि ? कतै कुनै बैंकको टेलरमा पो बसेर नगद गन्दै आज क्यस सर्ट भो भन्दै चिन्तत पो छन् कि ? वा लोन दिनलाई साइट भिजिट पो गर्दैछन् कि । मेनेजरको कुर्सीमा बसेर स्टाफलाई टार्गेट दिदै यस्तो भएन, कामप्रति डेडिकेट हुनु पर्यो भनेर सम्झाउँदै छन् कि ?

तर जे होस यही मध्ये एक पक्कै रोज्छु अब । किन किन मलाई इन्सुरेन्स कर्मचारी, सेयर कारोबारी र बैंकर मध्येबाट