उपत्यकाका तीन जिल्लामा पुनः एकसाता निषेधाज्ञा थप्ने तयारी

View

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मा पुनः एकसाता निषेधाज्ञा थपको तयारी भएकोे छ । गत बैशाख १६ गतेदेखि उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञा असार २१ गते रातीदेखि सकिदैँछ ।

जारी निषेधाज्ञा थपको विषयमा निर्णय गर्न आज तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को संयुक्त बैठक बस्ने तयारी भएको काठमाडौंका सीडीओ कालिप्रसाद पराजुलीले जानकारी दिए ।

उनका अनुसार निषेधाज्ञा थपिए पनि अन्य थप क्षेत्र खुलाको विषयमा विज्ञहरुसँग छलफल भइरहेको छ ।

पछिल्लोपटक थपिएको निषेधाज्ञामा २५ वटाभन्दा बढी सिट भएका सार्वजनिक बसलाई जोर बिजोर प्रणालीका आधारमा सञ्चालन हुन दिइएको छ भने खाद्यपसल बिहान ६ बजेदेखि तथा अन्य पसल पनि बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म खुला गरी सहज बनाइएको छ ।

उपत्यकाभित्र सार्वजनिक सवारी सञ्चालन गरिएता पनि लामो दुरीको सवारी सञ्चालन गर्न अनुमति नदिएको भन्दै यातायात व्यवसायीहरुले विरोध गर्दै आएका छन् । व्यवसायीको विरोधपछि तीन जिल्लाका सीडीओले यातायात सञ्चालनको विषयमा स्वास्थ्य मन्त्रालयसँग राय माग गरेका थिए ।

यातायात व्यवसायीहरुले जोर बिजोर वा कुनै एउटा मापदण्ड बनाएर सार्वजनिक यातायात संचालन गर्न दिनुपर्ने दबाब दिएकाले स्वास्थ्य मन्त्रालयले सार्वजनिक यातायात खुलाउने सम्बन्धमा सुझाव मागिएको थियो । स्वास्थ्यबाट आएको सुझावका आधारमा सार्वजनिक यातायात सञ्चालनकोे विषयमा थप निर्णय लिइने काठमाडौंका सीडीओ पराजुलीले जानकारी दिए ।

कोभिड संकट व्यवस्थापन केन्द्र निर्देशक समिति (सीसीएमसी) सँग यातायात व्य