काठमाडौंंमा निषेधाज्ञा एक साता थपियो, सवारी साधनमा जोर-बिजोर प्रणाली लागू

काठमाडौंंमा निषेधाज्ञा एक साता थपियो, सवारी साधनमा जोर-बिजोर प्रणाली लागू thumbnail
View

क्लिकमान्डु २०७८ असार ६ गते १७:४३ मा प्रकाशित

काठमाडौं । काठमाडौं उपत्यकामा एक साता थपिएको छ । काठमाडौं, भक्तपुर र ललितपुर तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले उक्त निर्णय गरेको हो ।

भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार असार ७ गते राति १२ बजेदेखि असार १४ गते राति १४ बजेसम्म लागू हुने गरी निषेधाज्ञा थप गरिएको हो ।

त्यसैगरी उपत्यकामा सवारी साधनको हकमा जोर बिजोर प्रणाली लागू हुनेछ । साथै सार्वजनिक यातायात भने चल्न पाउने छैनन् ।

त्यसैगरी पसलहरु पनि खुला गर्ने तर बार अनुसार मात्रै खोल्न पाइने भट्टराईले जानकारी दिए ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस् Follow @clickmandu_com

हाम्रो सिफारिस