नागरिक लगानी कोषद्धारा १ खर्ब ७२ अर्ब लगानी

नागरिक लगानी कोषद्धारा १ खर्ब ७२ अर्ब लगानी thumbnail
View

नागरिक लगानी कोषद्धारा १ खर्ब ७२ अर्ब लगानी

चाणक्य पोष्ट

प्रकाशित : 11:15 am, आइतबार, असार २०, २०७८

काठमाडौं । नागरिक लगानीकोषले चालू आर्थिक वर्षको जेठ मसान्तसम्म १ खर्ब ७२ अर्ब बराबरको रकम सङ्कलन गरेको छ ।

यस्तै सो अवधिसम्म १ खर्ब ७१ अर्ब ९७ करोड बराबरको लगानी गरेको छ । कोषको पूँजी वृद्धि हुनका साथै कारोबारसमेत विस्तार भएको छ ।

कोषको शुक्रबार सम्पन्न २६ औँ वार्षिकोत्सव एवं साधारणसभाको अवसरमा उक्त विवरण सार्वजनिक गरिएको हो । साधारणसभाले आर्थिक वर्ष २०७६/७७ को आम्दानीबाट प्रस्तावित ९ प्रतिशत लाभांश सेयर र ८.८९ प्रतिशत नगद लाभांश स्वीकृत गरेको छ ।

त्यसैगरी साधारणसभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन समेत पारित गरेको छ । उक्त प्रतिवेदनसँगै लेखापरीक्षकको प्रतिवेदनसहितको २०७७ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहसम्बन्धी विवरणसमेत पारित गरेको कोषले जनाएको छ ।

कोषको आर्थिक वर्ष २०७६/७७ को करपछिको खुद नाफा ६१ करोड ९६ लाख ७० हजार रुपैयाँ रहेको छ । खुद नाफामध्ये बाँडफाँटयोग्य रकम ५५ करोड ३६ लाख ७२ हजार रहेको सो अवसरमा जानकारी दिइयो ।

कार्यक्रममा कार्यकारी निर्देशक रमण नेपालले कोषको वस्तुस्थितिबारे जानकारी दिँदै थप विस्तारितरूपमा अगाडि बढ्ने उल्लेख गरे । कोषको कारोबार विस्तार गर्दै स्वरोजगार र वैदेशिक रोजगारमा रहेका नागरिकलाई आबद्ध गराउ