सेयर बजारमा सामान्य गिरावट, घट्दो बजारमा मूल्य बढ्ने यी हुन् १० कम्पनी

सेयर बजारमा सामान्य गिरावट, घट्दो बजारमा मूल्य बढ्ने यी हुन् १० कम्पनी thumbnail
View

सेयर बजारमा सामान्य गिरावट, घट्दो बजारमा मूल्य बढ्ने यी हुन् १० कम्पनी

चाणक्य पोष्ट

प्रकाशित : 3:24 pm, आइतबार, असार २०, २०७८

काठमाडौं । सेयर बजारमा गिरावट आएको छ । बजार खुलेदेखि निरन्तर ओरालो लागेको बजार करिब साढे ८ अंकले घटेर बन्द भएको छ ।

सूचकमा सामान्य गिरावट आए पनि कारोबार रकममा भने ह्वात्तै घटेको छ । दुई साता अघिसम्म औसतमा दैनिक १० अर्ब बढीको कारोबार हुँदै आएकोमा घटेर ५ अर्बमा सीमित भएको छ ।

निषेधाज्ञा खुकुलो भएसँगै अर्थतन्त्र क्रमशः चलायमान हुन थालेपछि अल्पकालीन लगानीकर्ताले पूँजी झिकेर अन्य क्षेत्रमै लगानी गर्न थालेपछि कारोबारमा ह्वात्तै गिरावट आएको अनुमान गरिएको थियो । साथै लगानीकर्ता मौद्रिक नीति नआउन्जेल पर्ख र हेरको अवस्थामा रहेकाले पनि कारोबारमा गिरावट आएको हो ।

आज सेयर बजार मापक सूचक नेप्से ८.४८ अंकले घटेर २८३४.५२ विन्दुमा आइपुगेको छ । आज २२४ कम्पनीको ५ अर्ब ५ करोड ३५ लाख ३८ हजार २५७ रुपैयाँ बराबरको १ करोड ८ लाख ४२ हजार २२१ कित्ता सेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १३ वटा समूहमध्ये होटल, अन्य र सामूहिक लगानीकोष बाहेक बाँकी सबै समूहको परिसूचक राताम्मे भएका छन् । होटल समूह सबैभन्दा धेरै २.३६ प्रतिशतले बढेको छ भने फाइनान्स र विकास बैंक समूह १ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज कारोबारमा आएका २२४ कम्पनीमध्ये ६० कम्पनीको सेयर मूल्य बढेको छ भने १५३ कम्पनीको मूल्यमा गिरावट आएको छ । १० कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज नेपाल इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको साढे २१ करोड रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमक