निषेधाज्ञा ३१ गतेसम्म थपियो, अब पूर्व निर्धारित परीक्षा लिन पाइने, माइक्रो पनि चल्ने

Views

काठमाडौं । काठमाडौं उपत्यकामा असार ३१ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमख जिल्ला अधिकारीको आज बसेको बैठकले निषेधाज्ञा असार ३१ गतेसम्म थप गर्ने निर्णय गरेको हो ।

बैठकले सार्वजनिक यातायातमा रहेकाे जाेरविजाेर प्रणाली हटाएकाे ५ भने अब माइक्रो पनि सञ्चालन गर्न पाइने छ । यसअघि २५ सिट क्षमताका सवारीसाधन मात्र अनुमति दिइएकोमा सो त्यसलाई हटाइएको हाे । अब पूर्वनिर्धारित परीक्षा पनि लिन पाइने भएको छ । तर परीक्षा हलमा २५ जना मात्रै विद्यार्थी राख्नु पर्नेछ।

निर्माण सामग्री ढुवानी गर्न पनि पाइने भएको छ। बेलुकी ९ बजेदेखि बिहान ५ बजेसम्म निर्माण सामग्री गर्न पाइनेछ।