गोल्छा ग्रुपद्वारा शिक्षण अस्पताललाई सामसुङको ३० वटा माइक्रोवेभ ओभन प्रदान

गोल्छा ग्रुपद्वारा शिक्षण अस्पताललाई सामसुङको ३० वटा माइक्रोवेभ ओभन प्रदान thumbnail
View

क्लिकमान्डु २०७८ असार २० गते १८:५८ मा प्रकाशित

SAMSUNG CSC

काठमाडौं । गोल्छा गु्रपले आइतबार टिचिङ अस्पतालमा कोभिडका स्वास्थ्यकर्मीका लागि सामसुङको ३० वटा माइक्रोवेभ ओभन सहयोग गरेको छ ।

गोल्छा गु्रपका निर्देशक सीमा गोल्छाले समारोहका बीच त्रिभुवन विश्वविद्यालयका डीन, इन्स्टिट्युट अफ मेडिसिन, प्रोफेसर डा. दिव्या सिंह साहलाई ओभन हस्तान्तरण गरिन् ।

उक्त कार्यक्रममा नेपाल स्वास्थ्यकर्मी संघ, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्तपाल संगठनले आयोजना गरेको थियो ।

‘हामी नेपाल स्वास्थ्यकर्मी संघ, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्तपाललाई सहयोग गर्न पाउँदा निकै खुसी छौँ । हाम्रो यो सानो योगदानले कोभिड फ्रन्टलाइनका स्वास्थ्यकर्मीहरुलाई उनीहरुको खटिन पर्ने कठिन तथा व्यस्थ समयलाई राहतप्रदान गर्न मद्दत गर्नेछ भनेर हामीले महसुस गरेका छौँ । यीनिः स्वार्थी र समर्पित स्वास्थ्यकर्मी प्रति कृतज्ञता व्यक्त गर्ने यो अवसर पाउँदा हामी कृतज्ञ छौँ,’ सीमा गोल्छाले भनिन् ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस् F