काठमाडौं उपत्यकाको खुकुलो निषेधाज्ञामा यी क्षेत्रमा कडाई (सूचनासहित)

काठमाडौं उपत्यकाको खुकुलो निषेधाज्ञामा यी क्षेत्रमा कडाई (सूचनासहित) thumbnail
View

काठमाडौं, २० असार । काठमाडौं उपत्यकामा फेरि एकसाता निषेधाज्ञा थपिएको छ ।

आइतबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा एक साता थप्ने निर्णय गरेको छ।

वैठकले उपत्यकामा निजी तथा सार्वजनिक सवारी साधनमा लगाइएको जोर विजोर प्रणाली हटाएको छ । अब सबै सवारी साधन स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन गर्न सक्नेछन् ।

टेम्पो, नीलो माइक्रो नौ जना राखेर चलाउन पाइने, बीच भागमा प्लास्टिक हाल्नपर्नेछ । माइक्रोको तेस्रो सिटमा चार(चार जनाका दरले ८ जना र चालक छेउमा एक जना गरी ९ जना यात्रुभन्दा धेरै बोक्न पाइने छैन। २५ जनासम्मको गोष्ठी, तालिम, सेमिनार समेत गर्न पाइनेछ ।

तर, मनोरञ्जन स्थल, सैलून, ब्युटीपार्लर, हेल्थक्लब, फुटसल, जिमखाना, पुस्तकालय, संग्रहालय र चिडियाखाना अझै सञ्चालन गर्न पाइने छैन।

विभिन्न प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, रंगशालामा हुने दर्शकसहितको खेलकुद र मानिसहरुको भिडभाड हुने अन्य कार्यक्रम सञ्चालन गर्न नपाइने सूचनामा उल्लेख गरिएको छ ।

यस्तै, खुला स्थानमा मानिसहरु भेला जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस, जात्रा, महोत्सव, भोज भतेर आदि गर्नरगराउन पाइने छैन् ।

विवाह, ब्रतबन्ध तथा सामूहिक रुपमा गरिने सांस्कृतिक कार्यहरु होटल तथा पार्टी प्यालेसमा गर्नरगराउन, पुजारीबाट हुने नित्य पूजा बाहेकका अन्य धार्मिक तथा सांस्कृतिक गतिविधिहरु सञ्चालन गर्न नपाउने, शैक्षिक संस्थाहरु (विद्यालय, कलेज,