माथिल्लो तामाकोशीको उद्घाटन आज, पहिलो चरणमा ७६ मेगावाट बिजुली उत्पादन हुने

माथिल्लो तामाकोशीको उद्घाटन आज, पहिलो चरणमा ७६ मेगावाट बिजुली उत्पादन हुने thumbnail
View

माथिल्लो तामाकोशीको उद्घाटन आज, पहिलो चरणमा ७६ मेगावाट बिजुली उत्पादन हुने

चाणक्य पोष्ट

प्रकाशित : 7:28 am, सोमबार, असार २१, २०७८

काठमाडौं । बहुप्रतिक्षित ४५६ मेगावाटको राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट आजदेखि परीक्षणको रुपमा बिजुली उत्पादन शुरु गरिने भएको छ ।

आज (सोमबार) अपराह्न ४ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट तामाकोशी आयोजना उद्घाटन गर्ने भएका हुन् ।

आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेका अनुसार कुल ४५६ मेगावाट क्षमताको सो आयोजनाको पहिलो युनिटबाट ७६ मेगावाट बिजुली उत्पादन हुन लागेको हो ।

आयोजनाबाट कुल ४५६ मेगावाट बिजुली उत्पादन गरिने छ । पिकिङ रन अफ रिभर’ प्रकृतिको आयोजनामा ६ टर्बाइन रहेेका  छन् । प्रत्येक टर्बाइनबाट ७६ मेगावाट विद्युत् उत्पादन हुनेछ ।

‘६ वटा युनिटमध्ये आजदेखि पहिलो युनिटबाट ७६ मेगावाट बिजुली उत्पादन शुरु हुँदैछ,’ न्यौपानेले भने, ‘अब क्रमशः अन्य युनिटबाट पनि उत्पादन गर्दै लगिने छ । असार मसान्तभित्रै दोस्रो युनिटबाट थप ७६ मेगावाट बिजुली उत्पादन गर्ने तयारी छ ।’

तामाकोशीको बिजुली तामाकोशी करिडोर हुँदै खिम्तीमा बनाइएको नयाँ सबस्टेशनमा जोडिने भएको छ । खिम्ती सबस्टेशनमार्फत् नै उत्पादित बिजुली राष्ट्रिय प्रसारणमा जोडिने छ।

आयोजनाले आइतबार मात्रै गोंगरदेखि खिम्तीसम्मको कूल ४७.२ किलोमिटर लामो २२० केभी क्षमताको प्रसारण लाइनमा बिजुली पठाएर चार्ज गरेको थियो भने शनिबार ढल्केबरदेखि न्यू खिम्ती सबस्टेशनबीचको लाइन चार्ज गरेको थियो ।

आयोजनाबाट कुल ४५६ मेगावाट बिजुली उत्पादन गरिने छ । पिकिङ रन अफ रिभर’ प्रकृतिको आयोजनामा ६ टर्बाइन रहेेका  छन् । प्रत्येक टर्बाइनबाट ७६ मेगावाट विद्युत् उत्पादन हुनेछ ।

पहिलो युनिटबाट उत्पादन शुरु गरिएपछि अन्य युनिटबाट पनि क्रमशः बिजुली उत्पादन गरिने छ । आगामी भदौ/असोजसम्ममा सबै युनिटबाट बिजुली उत्पादन गरिसक्ने आयोजनाको लक्ष्य छ।

राष्ट्रिय गौरवको आयोजनाका र