ओलीले नेपाललाई दिएको अल्टिमेटम आज सकिँदै

Views

काठमाडाैं । नेकपा एमालेले माधवकुमार नेपालसहित पार्टीका २३ सांसदले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता गर्न दिएको अल्टिमेटम आज सकिँदैछ ।

गत शुक्रवार बसेको पार्टी केन्द्रीय कमिटी बैठकले नेपाल पक्षका सांसदको हस्ताक्षर फिर्ताको लागि आज बेलुकी ५ बजेसम्मको अल्टिमेटम दिइएको थियो । उक्त समयसिमा आज साँझ ५ बजे सकिदैछ ।

प्रतिनिधि सभा पुनःस्थापना गरी देउवालाई प्रधानमन्त्रीमा नियुक्तिको आदेश माग गर्दै १४६ सांसदले अदालतमा दर्ता गराएको रिट निवेदनमा नेपाल पक्षका पनि २३ सांसदले हस्ताक्षर गरेका थिए ।

ओलीले आजसम्मको समय दिएपनि माधव नेपाल समूहका नेताहरुले हस्ताक्षर फिर्ता नगर्ने प्रतिक्रिया दिइसकेको छ । नेपाल पक्षले हस्ताक्षर फिर्ताको कुरा बाहेक अन्य कुरामा सहमति गरेर पार्टी एकताको प्रक्रिया अघि बढाउन सकिन