नेप्सेमा दोहोरो अंकको गिरावट, यी हुन् घट्दो बजारमा धेरै मूल्य बढ्ने ८ कम्पनी

नेप्सेमा दोहोरो अंकको गिरावट, यी हुन् घट्दो बजारमा धेरै मूल्य बढ्ने ८ कम्पनी thumbnail
View

नेप्सेमा दोहोरो अंकको गिरावट, यी हुन् घट्दो बजारमा धेरै मूल्य बढ्ने ८ कम्पनी

चाणक्य पोष्ट

प्रकाशित : 3:23 pm, सोमबार, असार २१, २०७८

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आइतबार साढे ८ अंक्ले घटेको बजार आज लगातार दोस्रो दिन पनि ओरालो लागेको हो ।

सूचकसँगै कारोबार रकममा पनि भारी घटेको छ । दुई साता अघिसम्म औसतमा दैनिक १० अर्ब बढीको कारोबार हुँदै आएकोमा घटेर साढे ४ अर्बमा सीमित भएको छ ।

निषेधाज्ञा खुकुलो भएसँगै अर्थतन्त्र क्रमशः चलायमान हुन थालेपछि अल्पकालीन लगानीकर्ताले पूँजी झिकेर अन्य क्षेत्रमै लगानी गर्न थालेपछि कारोबारमा ह्वात्तै गिरावट आएको अनुमान गरिएको थियो । साथै लगानीकर्ता मौद्रिक नीति नआउन्जेल पर्ख र हेरको अवस्थामा रहेकाले पनि कारोबारमा गिरावट आएको आँकलन गरिएको छ ।

आज सेयर बजार मापक सूचक नेप्से ११.७८ अंकले घटेर २८२२.७४ विन्दुमा आइपुगेको छ । आज २२४ कम्पनीको ४ अर्ब ५८ करोड २२ लाख १२ हजार ५७९ रुपैयाँ बराबरको १ करोड ६३ हजार ६३६ कित्ता सेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १३ वटा समूहमध्ये ५ समूहको परिसूचकमा हरियाली छाएको छ भने ८ समूहको परिसूचक राताम्मे भएका छन् । उत्पादनमूलक समूह सबैभन्दा धेरै ३.९० प्रतिशतले बढेको छ । यस्तै, व्यापार समूह पनि ३.६१ प्रतिशतले बढेको छ भने हाइड्रोपावर र फाइनान्स समूह २ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज कारोबारमा आएका २२४ कम्पनीमध्ये ४३ कम्पनीको सेयर मूल्य बढेको छ भने १७१ कम्पनीको मूल्यमा गिरावट आएको छ । १० कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज हिमालयन डिस्ट्रीलरीको सर्वाधिक कारोबार भएको छ । यसको ४१ करोड रुपैयाँ बढीको का