डीडीसीलाई सरकारले दियो २० करोड ऋण, किसानको ४५ करोड भुक्तानी दिन बाँकी

डीडीसीलाई सरकारले दियो २० करोड ऋण, किसानको ४५ करोड भुक्तानी दिन बाँकी thumbnail
View

डीडीसीलाई सरकारले दियो २० करोड ऋण, किसानको ४५ करोड भुक्तानी दिन बाँकी

चाणक्य पोष्ट

प्रकाशित : 2:57 pm, सोमबार, असार २१, २०७८

काठमाडौं । कोभिड १९ को असरले प्रभावित बनेका किसानको भुक्तानीका लागि सरकारले २० करोड रुपैयाँ ऋण दिने भएको छ । दुग्ध किसानको भुक्तानीका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध विकास संस्थान (डीडीसी) लाई २० करोड रुपैयाँ ऋण दिएको हो ।

देशभर कोभिड १९को दोस्रो लहरका कारण दुग्ध वस्तु खपत घट्दा डीडीसीले किसानको भुक्तानी गर्न सकेको छैन । किसानहरुले ४ महिना यता दूधको भुक्तानी पाउन सकेका छैन्न । किसानहरुको ४५ करोड रुपैयाँ भुक्तानी गर्न अझै बाँकी रहेको डीडीसीका मार्केटिङ प्रबन्धक संजीव झाले बताए ।

निषेधाज्ञमा दैनिक १ लाख ६० हजार लिटर दूध खपत भइरहेको थियो । निषेधाज्ञा अघि १ लाख ८० हजार लिटर दूध खपत भइरहेको थियो । हाल कोभिड पछि दूधको खपत केही बढेको छ ।

कोभिड अघि समेत गत वर्षको कोरोनाको असरका कारण दुग्ध क्षेत्र पूर्ण रुपमा सञ्चालनमा आउन सकेको थिएन । झाका अनुसार दोस्रो लहरको निषेधाज्ञ अघि दूधको खपत २५ प्रतिशत कम रहेको थियो । फेरि शुुरु भएको कोभिडको निषेधाज्ञाले थप १५ प्रतिशत खपत कम गराएको छ । यसरी हेर्दा दूधको खपत ४० प्रतिशत हाराहारीमा घटेको देखिन्छ ।

दूधको खपत सँगै दूधको संकलनमा समेत कमी आएको छ । दूध संकलन ७० देखि ८० हजार मेट्रिकटन भइरहेको उनले बताए । विगतमा सामान्तया दूधको संंकलन दैनिक १ लाख ८० हजार रुपैयाँ रहेको थियो ।

उनले पछिल्लो समय दूध स्टकमा राख्न सक्ने अवस्था समेत नरहेको बताए । विगतकै कोरोनामा राखिएको स्टक क्लियरेनस हुन नसकेकाले दूधको कुनै स्टक समेत राख्ने स्थान नभएको उनले बताए ।

हाल डीडीसीसँग १ हजार ६२ मेट्रिकटन धुलो दूध स्टकमा रहेको छ । ४२५ मेट्रिकटन बटर स्टकमा रहेको छ । झाले डीडीसीसँग १ अर्ब रुपैयाँ बढीका सामान अझै स्टकमा