गोल्छा ग्रुपले टिचिङ अस्पताललाई ३० वटा सामसुङ माइक्रोवेभ ओभन दियो

गोल्छा ग्रुपले टिचिङ अस्पताललाई ३० वटा सामसुङ माइक्रोवेभ ओभन दियो thumbnail
View

क्लिकमान्डु २०७८ असार २१ गते १६:२० मा प्रकाशित

काठमाडौं । गोल्छा ग्रुपले टिचिङ अस्पतालमा कोभिडका स्वास्थ्यकर्मीहरुका लागि ३० वटा सामसुङ्ग माइक्रोवेभ ओभन सहयोग गरेको छ । गोल्छा ग्रुपका निर्देशक सीमा गोल्छाले समारोहमा त्रिभुवन विश्वविद्यालयका डीन, इन्स्टिट्युट अफ मेडिसिनका, प्रोफेसर डा. दिव्या सिंह साहलाई ओभन हस्तानतरण गरिन् ।

उक्त कार्यक्रम नेपाल स्वास्थ्यकर्मी संघ, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्तपाल संगठनले आयोजना गरेको थियो ।

‘हामी नेपाल स्वास्थ्यकर्मी संघ, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्तपाललाई सहयोग गर्न पाउँदा निकै खुसी छौँ । हाम्रो यो सानो योगदानले कोभिड फ्रन्टलाइनका स्वास्थ्यकर्मीहरुलाई उनीहरुको लामो समय खटिनु पर्ने कठिन तथा व्यस्त समयलाई राहत प्रदान गर्न मद्दत गर्नेछ भनेर हामीले महसुस गरेका छौँ । यीनिः स्वार्थी र समर्पित स्वास्थ्यकर्मीहरु प्रति कृतज्ञता व्यक्त गर्न यो अवसर पाउँदा हामी कृतज्ञ छौँ,’ निर्देशक गोल्छाले भनिन् ।

ट्वीटरमा हामीलाई फलो गर्