दोहोरो अंकले घट्यो नेप्से, ४ अर्ब ५८ करोडको कारोबार

दोहोरो अंकले घट्यो नेप्से, ४ अर्ब ५८ करोडको कारोबार thumbnail
View

काठमाडौं, २१ असार । साताको कारोबारको दोस्रोदिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । सोमबार नेप्से ११.७८ अंकले घटेर २८२२.७४ विन्दुमा झरेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २२४ कम्पनीको ४ अर्ब ५८ करोड २२ लाख १२ हजार ५७८ रुपैयाँ बराबरको १ करोड ६३ हजार ६३६ कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ समूहको परिसूचक मध्ये ५ वटामा बढेको छ भने अन्य ८ वटा राताम्मे भएका छन् । उत्पादनमूलक समूह सबैभन्दा धेरै ३.९० प्रतिशतले बढेको छ ।

यस्तै, व्यापार समूह पनि ३.६१ प्रतिशतले बढेको छ भने हाइड्रोपावर र फाइनान्स समूह २ प्रतिशतभन्दा धेरैले घटेको छ ।

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा बिशाल बजार कम्पनी र हिमालयन डिस्ट्रलरी रहेका छन् ।

त्यस्तै, आज गुँरास फाइनान्स कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् भने कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरीको भएको छ ।

हिमालयन डिस्ट्रीलरीको ४१ करोड रुपैयाँ बढीको कारोबार भएको