अब एक जिल्लाको जग्गा अर्को जिल्लाको मालपोतबाट पास गर्न मिल्ने

अब एक जिल्लाको जग्गा अर्को जिल्लाको मालपोतबाट पास गर्न मिल्ने thumbnail
Views

अब एक जिल्लाको जग्गा अर्को जिल्लाको मालपोतबाट पास गर्न मिल्ने

चाणक्य पोष्ट

प्रकाशित : 11:07 am, मंगलबार, असार २२, २०७८

काठमाडौं । अब एक जिल्लाको जग्गा अर्को जिल्लाको मालपोत कार्यालयबाट किनबेच (लिखत पारित) गर्न मिल्ने भएको छ ।

सरकारले आगामी साउन १ गतेदेखि देशभरका १२६ वटै मालपोत कार्यालयमा भू-सूचना व्यवस्थापन प्रणाली (एलआर आइएमएस) लागू गर्ने भएसँगै यस्तो व्यवस्था हुन लागेको हो ।

हाल मालपोत कार्यालयको क्षेत्राधिकार भित्र मात्रै घरजग्गा किनबेच हुँदै आएकोमा साउन १ गतेदेखि जुनसुकै ठाउँको जग्गा जुनसुकै मालपोत कार्यालयबाट पनि किनबेच गर्न सकिने भएको हो ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार अहिले देशभरका १२६ वटा मालपोत कार्यालयमध्ये ११८ कार्यालयमा भू–सूचना व्यवस्थापन प्रणाली लागू भइसकेको छ । आगामी आर्थिक वर्षदेखि देशका सबै मालपोत कार्यालयमा यो प्रणाली कार्यान्वयनमा ल्याइने विभागले जनाएको छ ।

देशभरका सबै मालपोत कार्यालयमा भू–सूचना व्यवस्थापन प्रणाली लागू भइसकेपछि देशको जुनस