एलआरआईएमएस सञ्चालन हुने मालपोत कार्यालयको संख्या ११८ पुग्यो

एलआरआईएमएस सञ्चालन हुने मालपोत कार्यालयको संख्या ११८ पुग्यो thumbnail
View

क्लिकमान्डु २०७८ असार २२ गते ११:२४ मा प्रकाशित

काठमाडौं । भूमि, व्यवस्थापन तथा अभिलेख विभागले सञ्चालनमा ल्याएको भू-अभिलेख सूचना व्यवस्थापन प्रणाली सञ्चालनमा आएको मालपोत कार्यलयको संख्या १ सय १८ पुगेको छ ।

विभागले शुक्रबार ओखलढुङ्गाको खिजिफालाटे, भोजपुरको दिङला, रौतहटको मौलापुर र आइतबार पूर्व रुकुम, हुम्ला तथा (प्यूठान) को मालपोत कार्यालयमा सो प्रणाली सञ्चालनमा ल्याएसँगै एलआरआईएमएस सञ्चालन भएको मालपोत कार्यालयको संख्या ११८ पुगेको हो ।

उक्त कार्यालहरूको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव टेकनारायण पाण्डेले भर्चुअलबाट माध्यमबाट उद्घाटन गरेको थिए । कार्यक्रममा पाण्डेले प्रणाली विस्तार भएपछि अन्य सुविधाका साथ साथै विदेशमा भएका आम नेपाली नागरिकहरूले समेत विदेशबाटै घर जग्गाको किनबेच गर्न सकिने गरी उपयुक्त वातावरण निर्माण भएको बताए ।

साथै, विभागका महानिर्देशक शेषनारायण पौडेलले एलआरआईएमएस प्रणाली सञ्चालनमा आउँदा आइपर्ने विविध समस्या र चुनौतीलाई सम्बोधन गर्न विभाग क्रियाशिल रहेको बताए ।

त्यसैगरी, उद्वघाटन कार्यक्रममा मालपोत कार्यालयका प्रमुखहरूले अनलाइन प्रणालीबाट सरल र सहज सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । देशभर १ सय २६ वटा भूमिसुधार/मालपोत कार्यालयहरूमध्ये यस अघिनै ११२ वटा कार्यालयमा उक्त प्रणाली सञ्चालन थियो । त्यस्तै, क्रमशः चालु आर्थिक वर्ष भित्रमा देशभरका सबै मालपोत