निजी सवारीको जोरबिजोर उपत्यकामा मात्र, काठमाडौं प्रवेश सहजै नपाउने

निजी सवारीको जोरबिजोर उपत्यकामा मात्र, काठमाडौं प्रवेश सहजै नपाउने thumbnail
View

काठमाडौं, ६ असार । काठमाडौं उपत्यकाभित्र एक साता निषेधाज्ञा थप भएको छ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको आइतबार बसेको बैठकले असार १३ गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो।

थपिएको निषेधाज्ञा खुकुलो बनाइएको छ। निजी सवारी साधनहरू जोरबिजोर प्रणाली अनुसार खोल्ने निर्णय भएको हो। ट्याक्सीको हकमा तीन जनाभन्दा बढी बोक्न नपाइने गरी अनुमति दिइएको छ।

तर यो नियम उपत्यकामा मात्र लागू हुनेछ । निषेधाज्ञा खुकुलो भए पनि उपत्यका बाहिर गएकाहरूले सहजै प्रवेश नपाउने भएका छन् ।

बाहिरी जिल्लाका मानिसले उपत्यका प्रवेश गर्न चाहेमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जारी गरेको पासका आधारमा मात्र प्रवेश पाउने जनाइएको छ । थप भएको निषेधाज्ञा असार १४ गतेसम्म लागू हुनेछ ।

उपत्यकामा कुन पसल कुन बार खुल्छ, यी क्षेत्रमा कडाई (सूचनासहित)

उपत्यकाभित्र परिवर्तित निषेधाज्ञामा बैंक वित्तीय संस्थाका लागि