सामाजिक सुरक्षा भत्ताबाट वञ्चित छन् कञ्चनपुरका ज्येष्ठ नागरिक

Views

कञ्चनपुर । कृष्णपुर नगरपालिका–२ बाणिका आशाराम (असिराम) डगौरा सय वर्ष पूरा हुनै लागेका छन् । सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिकलाई उपलब्ध हुने भत्ताको रकम उनले थाप्न पाएका छैनन् ।

नागरिकताको प्रतिलिपि नगरपालिकामा पेश गर्न नसक्दा उनले भत्ताको रकम पाउनबाट वञ्चित हुनुपरेको हो । धेरै पटक सामाजिक सुरक्षा भत्ताका लागि उनले निवदेन नदिएकाे भने होइन । नागरिकतानै नभए भत्ताका लागि सिफारिस गर्न सकिँदैन भनेर उनलाई फिर्ता गरियो ।

कैलालीको उदासिपुरमा जमिन्दारको घरमा कमैया बस्दा पञ्चायतकालमै उनले नागरिकता बनाएका थिए । विसं २०६४ मा आएको दोदा नदीको बाढी बस्तीमा छिरेर घरको सामानसँगै उनको नागरिकता राखेको झोला बगाएर लगेको थियो ।

‘बाढीले नागरिकतासहितको झोला बगाएपछि नदीको बस्तीमा छिरेको पानी घटेपछि निकै खोजबिन गर्दा भेटेनौं’, उनले भने,’नयाँ प्रतिलिपि लिनका लागि सिफारिस बनाउन उदासीपुर पुगेर कार्यालयमा दौडधुप गर्ने क्षमता नहुँदा बनाउन पाएका छैनौँ । पुरानो गाउँविकास समितिको कार्यालय अब रहेन भन्छन् । कार्यालयमा गएर नागरिकताका लागि पहल गरिदिने कोही छैन ।’

आफू भन्दा कम उमेर भएका व्यक्तिले मासिक रुपमा नगरपालिकाबाट भत्ताको रकम थाप्दै आएका छन् । उनले भने, ‘कागजात जुटाउन नसक्दा भत्ता पाउनबाट वञ्चित भएको छु । हामी जस्तालाई कसैले हेर्दैनन्’, उनले भने, ‘भत्ताको रकम पाए परिवारको मुख ताक्नुपर्ने थिएन । अरुकै सहारामा बाच्नुपर्ने अवस्था छ ।’

डगौराले जीवनका ऊर्जावान समय कमैया बसेर बिताए । कमैया छँदै विवाह गर्नुभएको उहाँको श्रीमतीले संसार छाडेको धेरै भइसकेको छ । कमैया मुक्तिको घोषणासँगै २०५७ सालमा सरकारले पुनःस्थापन गराउँदा दिएको पाँच कट्टा जग्गामा छोराका परिवारसँगै उनी बस्दै आएका छन् ।

डगौराका छोराको स्थायी रोजगारी छैन । परिवार पाल्ने एउटै माध्यम भनेको मजदूरी हो । परिवारका सबै जनाले मजदूरी गरेर ल्याएको पैसाले घरखर्च धानिदै आएको छ ।

दाङमा जमिन्दारको दमन सहन नसक्ने अवस्था भएपछि वर्षाैं पहिले बुबा आमासँगै आशाराम तीन वर्षको हुँदा पश्चिमको तराई झरेका हुन । पुख्र्यौली थातथलो छाडेर तराई झर्दा दुई वटा टोकरी काँधमा बोकेर श्रीमती र छोराछोरीसहित उनका बुबा तराइ झरेका थिए ।

दाङबाट कैलाली झरेपछि १५ वर्षको उमेरमै जमिन्दारको घरमा बुबासँगै उनी कमैया बसे । उनले ६० वर्षको उमेरसम्म कमैया बसेर काम गरे । कमैया बस्दा १० किलो धानको बीउ लाग्ने खेत कमाउनका लागि दिने गरिन्थ्यो । त्यसबाटै परिवारको गुजारा चल्थ्यो ।

खर्चका लागि जमिन्दारबाट रकम मागे सौकी(ऋण)का रुपमा रकम जम्मा हुँदै जान्थ्यो । त्यो तिर्न नसकेपछि वर्षौसम्म एकै जमिन्दारको घरमा कमैया भएर बस्नु पर्दथ्यो । वर्षेनी ऋण थपिँदै जान्थ्यो । ‘ऋण तिर्न सामथ्र्य हुने कुरै थिएन’, उनले भने, ‘ब्याजमा समेत काम गर्नुपर्दथ्यो । पुरुषले हलो जोत्ने र महिलाले जमिन्दारको घरको काम गर्नुपर्दथ्यो ।’

काम गर्दै आएको जमिन्दारको घरमा काम गर्न मन नलागे अर्को जमिन्दारलाई गुहार्नु पर्दथ्यो । ऋणबापत लिएको रकम (सौंकी) उनैले तिर्दथे ।

‘सो ऋणमा अर्को जमिन्दारको घरमा काम गर्नका लागि बस्नु पर्दथ्यो’, उनले अगाडि कुरा बढाउँदै भने, ‘पहिले बुबा कमैया बसेँ, त्यसपछि म बसेँ, त्यसपछि केही वर्ष छोरा पनि कमैया बसेका हुन । तीन पुस्ता कमैयामै बिताएका छौं ।’

उनले एउटै जमिन्दारको घरमा १२ वर्षदेखि छ वर्षसम्म बिताए । तत्कालीन देखतभूली गाविसको जाइमा कमैया बसेकै बेला उहाँ सरकारले गरेको मुक्तिको घोषणासँगै मुक्त भएका हुन् ।

विगतका दिन सम्झिँदा उहाँ निन्द्राबाट बिउझिएझै