किन कालोसूचिमा पर्यो शारदा अधिकारीको कम्पनी शैलुङ इन्टरप्राइजेज ?

Views

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी ललितपुर खुमलटारका शारदा प्रसाद अधिकारीको कम्पनी शैलुङ इन्टरप्राइजेज २ वर्षका लागि कालोसूचिमा परेको छ ।

मंगलबारदेखि कालोसूचिमा राखिएको उक्त कम्पनीले आगामी २ वर्षसम्म सरकारी निकायले सार्वजनिक गरेको कुनै पनि बोलपत्र (ठेक्का) मा सहभागी हुन पाउँदैन ।

सडक, जलविद्युत परियोजना, खानेपानीजस्ता ठूला पूर्वाधारका काम अलपत्र छाडेको अयोग्य भएको भन्दै विवादित बनेको शैलुङ रासायनिक मल खरिदमा समेत विवादित बनेको छ ।

विदेशी कम्पनीले मात्र खरिद गर्ने गरेको रासायनिक मल खरिदमा पावर र पहुँचका आधारमा कृषि मन्त्रालयले मलको ठेक्का ऐनलाई नै संशोधन गरेर नेपाली कम्पनीलाई खरिदमा सहभागी गराएका थियो । कृषि मन्त्रालय अन्तरगतको कृषि सामग्री कम्पनीले आह्वान गरेको अनुदानमा रासायनिक मल खरिद गर्न नेपाली तीन कम्पनीले आवेदन दिएका थिए ।

शारदा अधिकारीको शैलुङ, मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी मुक्तिनाथ कृषि सामग्री र नेपाली कांग्रेस निकट व्यवसायी हुमानाथ कोइरालाको होनीको मल्टिपलले उक्त खरिदमा आवेदन दिएका थिए ।

पहिलो पटक नेपाली ठेकेदारहरुले मल खरिदको जिम्मा पाएपनि तीनै कम्पनीले मल खरिद गरेनन् । सम्झौता अवधिमा मल खरिद नगरेपछि कृषि सामग्री कम्पनीले तीनै कम्पनीकोे धरौटी रकम जफत गरी कालोसूचिमा राख्द सार्वजनिक खरिद अनुगमन कार्यालययलाई सिफारिस गरेको थियो ।

शैलुङलाई तीन ठेक्कामा कारवाही

कृषि सामग्री कम्पनीले तीन वटा ठेक्का अन्तरगत तोकिएको सम्झौता अवधिमा रासायनिक मल खरिद नगरेको भन्दै तेस्रो पटक कारवाही गरेको थियो ।

अन्तिम पटक गत पुस पहिलो साता २५ हजार मेट्रिक टन युरिया मल खरिद गर्न गत साउनमा सम्झौता भएको थियो । अन्तिम सम्झौता अनुसार मल खरिद गर्न नसकेपछि उक्त कम्पनीले धरौटी राखेको चार करोड ९२ लाख जफत गरेर कालोसूचिमा राख्न सिफारिस गरिएको हो ।

कृषि सामग्री कम्पनीका अनुसार शैलुङले पहिलो पटक गत साउनमा २५ हजार मेट्रिक टन युरिया ल्याउन ९३ करोड ४८ लाख ८० हजार, दोस्रो पटक गत कात्तिकमा ३० हजार टन युरिया ल्याउन  एक अर्ब ९ करोड २० लाख ५६ हजार ७०० र तेस्रो पटकमा २५ हजार मेट्रिक टन युरिया ल्याउन ९४ करोड ६ लाख ९३ हजार ७०० गरी दुई अर्ब ९६ करोड ७६ लाख बढीको ठेक्का पाएको थियो ।

मुक्तिनाथलाई २ ठेक्कामा कारवाही

कृषि सामग्री कम्पनीले दुई वटा ठेक्का पाएको मुक्तिनाथ कम्पनीले मल नल्याएपछि गत फागुनमा धरौटी राखेको नौ करोड ३१ लाख ३२ हजार रकम जफत गर्दै कालोसूचिमा राख्ने निर्णय गरेको थियो ।

कृषि सामग्रीले मुक्तिनाथसँग २०७७ साउन १८ गते (२ अगस्ट २०२०) २५ हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डिएपी मलको आपूर्तिका लागि ती दुईवटा सम्झौता गरेको थियो ।

२५ हजार मेट्रिन टन युरिया र २० हजार मेट्रिक टन डिएपी गरी ४५ हजार मेट्रिक टन बराबरका २ वटा ठेक्क