नेप्सेमा लगातार गिरावट, यी हुन् धेरै गुमाउने ८ कम्पनी

नेप्सेमा लगातार गिरावट, यी हुन् धेरै गुमाउने ८ कम्पनी thumbnail
View

नेप्सेमा लगातार गिरावट, यी हुन् धेरै गुमाउने ८ कम्पनी

चाणक्य पोष्ट

प्रकाशित : 3:21 pm, मंगलबार, असार २२, २०७८

काठमाडौं । सेयर बजारमा लगातार गिरावट आएको छ । आइतबारदेखि निरन्तर ओरालो लागेको बजारले आफ्नो यात्रा कायमै राखेको हो ।

सूचकसँगै कारोबार रकम पनि निरन्तर घटेको छ । दुई साता अघिसम्म औसतमा दैनिक १० अर्ब बढीको कारोबार हुँदै आएकोमा घटेर सवा ४ अर्बमा सीमित भएको छ ।

निषेधाज्ञा खुकुलो भएसँगै अर्थतन्त्र क्रमशः चलायमान हुन थालेपछि अल्पकालीन लगानीकर्ताले पूँजी झिकेर अन्य क्षेत्रमै लगानी गर्न थालेपछि कारोबारमा ह्वात्तै गिरावट आएको अनुमान गरिएको थियो । साथै लगानीकर्ता मौद्रिक नीति नआउन्जेल पर्ख र हेरको अवस्थामा रहेकाले पनि कारोबारमा गिरावट आएको आँकलन गरिएको छ ।

आज सेयर बजार मापक सूचक नेप्से ५.२४ अंकले घटेर २८१८.१० विन्दुमा आइपुगेको छ । आज २२० कम्पनीको ४ अर्ब २२ करोड ४० लाख १८ हजार २२५ रुपैयाँ बराबरको १ करोड १ लाख ३५ हजार २०९ कित्ता सेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १३ वटा समूहमध्ये ५ समूहको परिसूचकमा हरियाली छाएको छ भने ८ समूहको परिसूचक राताम्मे भएका छन् । निर्जीवन बीमा समूह सबैभन्दा धेरै १.२ प्रतिशतले बढेको छ । यस्तै, उत्पादनमूलक समूह पनि १ प्रतिशतले बढेको छ भने हाइड्रोपावर समूह सबैभन्दा धेरै १.७३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज कारोबारमा आएका २२० कम्पनीमध्ये ७७ कम्पनीको सेयर मूल्य बढेको छ भने १२० कम्पनीको मूल्यमा गिरावट आएको छ । २३ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज हिमालयन डिस्ट्रीलरीको सर्व