जीवन विकास लघुवित्तको आईपीओ बाँडफाँड भोलि, पौने २ लाखले सेयर हात पार्ने

View

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले जारी गरेको आईपीओ भोलि अर्थात असार २३ गते बाँडफाँड हुने भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार उक्त आईपीओ भोलि बिहान साढे ९ बजे क्यापिटलको कार्यालयमा हुने जानकारी गराएको हो ।

क्यापिटलले निष्काशन बन्द भएको छोटो अवधि अर्थात ८ दिनमै संस्थाको आईपीओ बाँडफाँड गर्न लागेको हो । गत असार ११ गतेदेखि बिक्री खुला भएको उक्त आईपीओ गत असार १५ गते बिक्री बन्द भएको थियो । जसको प्रिअलोटमेन्ट भने असार २१ गते सोमबार नै भइसकेको छ ।

उक्त आईपीओमा ३ अर्ब १२ करोड ६६ लाख रूपैयाँ बराबरको आवेदन परेको थियो । क्यापिटलले दिएको प्राथमिक तथ्यांक अनुसार सेयर निष्काशनको अन्तिम दिनसम्म २० लाख ८४ हजार ७६२ जनाले संस्थाको ३ करोड १२ लाख ६६ हजार २६० कित्ता सेयर माग गरेका थिए । जुन सर्वसाधारणलाई छुट्याएको तुलनामा १६.९२ गुणा बढी हो । संस्थाले सर्वसाधारणमा १८ लाख ४८ हजार १५ कित्ता सेयर छुट्याएको थियो ।

क्यापिटलले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार सेयर बाँडफाँड गर्ने छ । जस अनुसार कूल आवेदकमध्ये १ लाख ८४ हजार ८०१ जनाले गोलाप्रथाबाट १० कित्ताका दरले सेयर प्राप्त गर्नेछन् भने बाँकी रहेको ५ कित्ता सेयर थप ५ जनालाई एक/एक कित्ताको दरले प्राप्त गर्नेछन् । र, बाँकी आवेदकको भने हात खाली हुने देखिन्छ ।

लघुवित्तले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका १९ लाख ७७ हजार ३०० कित्ता अर्थात १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको साधारण सेयर बिक्री खुला गरेको हो