वाणिज्य बैंकहरु कर्जा लगानीमा भन्दा निक्षेप संकलनमा आक्रामक, सीसीडी कति ?

View

काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकहरु कर्जा लगानीमा भन्दा निक्षेप संकलनमा आक्रामक देखिएका छन् । गत एक सातामा उनीहरुले कर्जा लगानीमा भन्दा निक्षेप संकलन तेब्बर बढीले बढाएका छन् ।

नेपाल बैंकर्स संघका अनुसार बाणिज्य बैंकहरुले पछिल्लो एक सातामा निक्षेप ४७ अर्ब रुपैयाँले बढाउँदा कर्जा लगानी जम्मा १५ अर्बले बढाएका छन् ।

यो अवधिमा बैंकहरुको निक्षेप ३९ खर्ब ९९ अर्ब रुपैयाँबाट बढेर ४० खर्ब ४६ अर्ब रुपैयाँ पुगेको छ । जुन असारको पहिलो सातामा ३९ खर्ब ९१ अर्ब रुपैयाँ मात्रै थियो ।

त्यस्तै, बैंकहरुले असारको तेश्रो सातामा ३६ खर्ब ६८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । उनीहरुले अघिल्लो साता ३६ खर्ब ५३ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए ।

समिक्षा अवधिमा व