कहिले हुँदैछ जीवन विकास लघुवित्तको आइपीओ बाँडफाँट ?

कहिले हुँदैछ जीवन विकास लघुवित्तको आइपीओ बाँडफाँट ? thumbnail
View

कहिले हुँदैछ जीवन विकास लघुवित्तको आइपीओ बाँडफाँट ?

चाणक्य पोष्ट

प्रकाशित : 5:37 pm, मंगलबार, असार २२, २०७८

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको प्राथमिक साधरण सेयर (आइपीओ) भोलि (बुधबार) बाँडफाँट हुने भएको छ ।विक्री प्रवन्धक एनएमबी क्यापिटलका अनुसार भोलि बिहान साढे ९ बजे लघुवित्तको आइपीओ बाँडफाँट गर्न लागिएको हो ।

लघुवित्तले असार ११ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३० कित्ता आइपीओ विक्रीमा ल्याएको थियो ।

निष्काशित कुल सेयरमध्ये ३० हजार ४२० कित्ता लघुवित्तका कर्मचारी, ९८ हजार ८६५ कित्ता सामूहिक लगानी कोष र १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधरणका लागि छुट्याइएको थियो ।

कम्पनीको आइपीओमा २० लाख ८४ हजार जना बढीले आवेदन दिएका छन् । धितोपत्र निष्काशन तथा बाँडफाँड नियमावली अनुसार सबै योग्य आवेदकलाई कम्तीमा १० कित्ताका दरले समानुपातिक हिसाबले आइपीओ बाँडफाँड गर्नुपर्ने हुन्छ।

कम्पनीले सर्वसाधरणलाई १८ लाख ४८ हजार १५ कित्ता छुट्याएको छ । सो आधाारमा प्रति आवेदकलाई १० कित्ताले बाँड्दा १ लाख ८४ हजार ८०१ जनालाई मात्र सेयर दिन पुग्छ । आवेदन दिएका करिब ९१ प्रतिशत अर्थात् १९ लाख बढीले सेयर नपाउने देखिन्छ ।

लघुवित्तले हाल देशका १९ वटा जिल्लाका १३८ वटा शाखा कार्यालय मार्फत वित्तीय कारोबार गर्दै आएको छ । लघुवित्तले ग