फेरि बढ्यो पेट्रोलियम पद्धार्थको मूल्य

View

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।

मंगलबार साँझ विज्ञप्ति प्रकाशित गरी निगमका प्रवक्ता विनितमणि उपाध्यायले पुन: मूल्य बढाइएको जनाएका हुन् ।

निगमले मंगलबार राति १२ बजेदेखि लागु हुने गरी प्रतिलिटर २ रुपैयाँ बढाएर पेट्रोलको मूल्य १२९ र डिजेल/मटितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएर ११२ कायम गरेकाे छ ।

यस्ते हवाई इन्धन आन्तरिकतर्फ पनि प्रतिलिटर २ रुपैयाँले बढाएर ८४ र हवाई इन्धन (अन्तर्राष्ट्रिय)को प्रतिकिलोलिटर १९ अमेरिकी डलरले बढाएर ७४५ डलर पुर्याइएकाे विज्ञप्तिमा उल्लेख छ ।

खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँकाे दरले वृद्धि गरेर १४ सय २५ रुपैयाँ कायम गरिएको छ ।

यसअघि जेठ २२ गते र असार १० गते मात्रै पेट्रोलियम पद्धार्थको मूल्य बढाइएको थियो ।