जीवन विकास लघुवित्तको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा

जीवन विकास लघुवित्तको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा thumbnail
Views

जीवन विकास लघुवित्तको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा

चाणक्य पोष्ट

प्रकाशित : 11:10 am, बुधबार, असार २३, २०७८

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ । आज बिहान १० बजे विक्री प्रवन्धक एनएमबी क्यापिटलमा लघुवित्तको आइपीओ बाँडफाँट गरिएको हो ।

क्यापिटलका अनुसार ८४ हजार ८०१ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । तीमध्ये भने भाग्यमानी ५ जनाले थप १ कित्ता अर्थात् ११ कित्ताका दरले सेयर पाएका छन् । आवेदन दिएका १८ लाख ३३ हजार ५०७ जनाको भने हात रित्तो भएको छ ।

लघुवित्तको आइपीओमा कुल २० लाख ८७ हजार ३१७ जनाले आवेदन दिएका थिए । जसमध्ये ६९ हजार ९ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।

लघुवित्तले असार ११ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३० कित्ता आइपीओ विक्रीमा ल्याएको थियो । निष्काशित कुल सेयरमध्ये ३० हजार ४२० कित्ता लघुवित्तका कर्मचारी, ९८ हजार ८६५ कित्ता सामूहिक लगानी कोष र १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधरणका लागि छुट्याइएको थियो ।

लघुवित्तले हाल देशका १९ वटा जिल्लाका १३८ वटा शाखा कार्यालय मार्फत वित्तीय कारोबार गर्दै आएको छ । लघुवित्तले गत वर्ष एकैसाथ सल्भ लघुवित्त र गरिबी न्यूनीकरण लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेको थियो ।

हाल ४१ करोड ६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको आइपीओ निष्काशन पछि चुक्ता पूँजी ६० करोड ८४ लाख रुपैयाँ पुग्नेछ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म लघुवित्तले ५६ करोड ३९ लाख खुद मुनाफा कमाएको छ । ४१