माछापुच्छ्रे बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र असार ३१ गतेदेखि निष्कासन गर्ने

माछापुच्छ्रे  बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र असार ३१ गतेदेखि निष्कासन गर्ने thumbnail
Views

क्लिकमान्डु २०७८ असार २३ गते ११:४८ मा प्रकाशित

काठमाडौं । माछापुच्छ्रे बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ ।

बैंकले असार ३१ गतेदेखि १० वर्षका लागि वार्षिक ८.५० प्रतिशत ब्याजदरमा ऋणपत्र बिक्री खुल्ला गर्ने भएको हो ।

‘८.५०% माछापुच्छ्रे डिबेञ्चर २०८७’ नामक सो ऋणपत्र बैंकले प्रत्तिकित्ता १ हजार रुपैयाँमा ३० लाख कित्ता जारी गर्न लागेको हो । जसमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ताको ५ प्रतिशत अर्थात् सामुहिक लगानी कोषलाई र बाँकी सार्वसाधारणका लागि छुट्याएको छ ।

साथै, व्यक्तिगत तबरबाट १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र बिक्री गर्ने उल्लेख छ । बैंकले जारी गर्ने सो ऋणपत्रमा इच्छुक लगानीकर्ताले न्यूतनम २५ कित्तादेखि ५ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । ऋणपत्र छिटोमा साउन ४ गते र ढिलोमा साउन १७ गते निष्काशन बन्द हुनेछ ।

बैंकको सो ऋणपत्र निष्काशनमा बिक्री प्रबन्धक नबिल इन्भेष्मेन्ट बैंकिङ रहेको छ ।

ट्वीटरमा हामीलाई फल