हिमालय एयरलाइन्सको हवाइ टिकट अब बेवसाइटबाटै खरिद गर्न सकिने

Views

काठमाडौं । नेपाल चीन संयुक्त लगानीमा सञ्चालित हिमालय एअरलाइन्स्ले अनलाइन टिकट बुकिङ्ग इञ्जिन सुरू गरेको छ । कम्पनीले हालै अनलाई मार्फत आफ्नो टिकट बुकिङ सुरु गरेको हो । अनलाइन टिकट आवश्यक पर्ने ग्राहकहरूले आवश्यकता अनुसार एअरलाइन्स्को वेबसाइटबाट बुकिङ्ग गर्न सक्नेछन ।

हाल उक्त सेवा प्रारम्भिक चरणमा भएकोले कनेक्ट आइपीएस प्रयोग गर्ने ग्राहकहरूले टिकट खरीद गर्न र टिकट रद्द गर्नुका साथै अन्य सेवाहरू (उडान र भाडाबारे जानकारी, टिकट फिर्ता, ग्राहक सेवा, ढिलाइ प्रमाण–पत्र, निःशुल्क टिकट एक्सचेन्ज, ई–टिकट र टिकटमा वास्तविक नाम प्रमाणीकरणको सुविधा) लिन सक्ने कम्पनीले जनाएको छ ।

यस्तै, एअरलाइन्स्ले अन्य सहायक सेवाहरू (ब्यागेजको पूर्व विुकिङ्ग, सीट, खाना चयन, लाउन्ज, बन्डल भाडा, एसएमएस सूचना, भिसा वा मास्टर कार्डबाट भुक्तानी र वेब चेकइन) आगामी चरणहरू मार्फत् नविनतम सेवा सुरु गर्ने योजना बनाइएको जनाएको छ ।

एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले अनलाइन मार्फट टिकट बुकिङ सुरु हुनु कम्पनीको लागि महत्वपूर्ण उपलब्धी रहेको जनाएका छन् ।

दोस्रो लहरको कोरोना भाइरस संक्रमणका कारण सरकारले नियमित रुपमा उडान हुने गन्तव्यमा उडान बन्द गरेर सिमित देशमा मात्र अन्तर्राष्ट्रिय उडान खुला गरेको छ । सिमित देशमा मात्र उडान सञ्चालन हुँदा टिकटका लागि यात्रुहरुलाई समस्या हुँदै आएको थियो ।

हिमालयले अनलाईन मार्फत टिकट बुकिङको सुविधा दिएसगैँ केही सहज हुने अनुमान गरिएको छ । केही दिन अगि टिकटका लागि हिमालय एयरलाइन्सको कार्यालय अगाडी धेरै यात्रुको भिड लागेको फोटो सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

एअरलाइन्स्ले हाल अबुधाबी, बेइजिङ, छोड्ंछिडं्, दमाम, ढाका, दोहा, दुबई, क्वालालम्पुर र रियाध गरी ९ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ ।

हिम