नेप्सेमा लगातार गिरावट, यी हुन् धेरै गुमाउने १० कम्पनी

नेप्सेमा लगातार गिरावट, यी हुन् धेरै गुमाउने १० कम्पनी thumbnail
View

नेप्सेमा लगातार गिरावट, यी हुन् धेरै गुमाउने १० कम्पनी

चाणक्य पोष्ट

प्रकाशित : 3:13 pm, बुधबार, असार २३, २०७८

काठमाडौं । सेयर बजारमा लगातार गिरावट आएको छ । आइतबारदेखि निरन्तर ओरालो लागेको बजारले आज पनि दोहोरो अंकले घटेको हो । यससाताको ४ दिनमा नेप्से करिब ३५ अंकले घटेको छ ।

सूचकसँगै कारोबार रकम पनि निरन्तर घटेको छ । दुई साता अघिसम्म औसतमा दैनिक १० अर्ब बढीको कारोबार हुँदै आएकोमा घटेर साढे ४ अर्बमा सीमित भएको छ ।

निषेधाज्ञा खुकुलो भएसँगै अर्थतन्त्र क्रमशः चलायमान हुन थालेपछि अल्पकालीन लगानीकर्ताले पूँजी झिकेर अन्य क्षेत्रमै लगानी गर्न थालेपछि कारोबारमा ह्वात्तै गिरावट आएको अनुमान गरिएको थियो । साथै लगानीकर्ता मौद्रिक नीति नआउन्जेल पर्ख र हेरको अवस्थामा रहेकाले पनि कारोबारमा गिरावट आएको आँकलन गरिएको छ ।

आज सेयर बजार मापक सूचक नेप्से १६.९७ अंकले घटेर २८०१.१३ विन्दुमा आइपुगेको छ । आज २२२ कम्पनीको ४ अर्ब ५८ करोड ५८ लाख ६१ हजार ९७६ रुपैयाँ बराबरको १ करोड १६ लाख ६४ हजार २०७ कित्ता सेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १३ वटा समूहमध्ये विकास बैंक र माइक्रोफाइनान्स समूह बोह बाँकी सबै समूहको परिसूचक राताम्मे भएका छन् । माइक्रोफाइनान्स समूह सबैभन्दा धेरै ०.३८ प्रतिशतले बढेको छ भने उत्पादनमूलक, होटल र हाइड्रोपावर समूह २ प्रतिशतभन्दा बढीले घटेका छन् ।

आज कारोबारमा आएका २२२ कम्पनीमध्ये ६६ कम्पनीको सेयर मूल्य बढेको छ भने १३५ कम्पनीको मूल्यमा गिरावट आएको छ । २१ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज छिमेक लघुवित्तको सर्वाधिक कारोबार भएको छ । यसको साढे ४३ करो