रुपा सुनारको रिटमा छलफल गर्न शिक्षामन्त्री श्रेष्ठलाई सर्वोच्चले बोलायो

रुपा सुनारको रिटमा छलफल गर्न शिक्षामन्त्री श्रेष्ठलाई सर्वोच्चले बोलायो thumbnail
View

क्लिकमान्डु २०७८ असार २३ गते १६:२७ मा प्रकाशित

काठमाडौं । जातिय छुवाछुतविरद्ध रुपा सुनाले दायर गरेको रिटमा छलफल गर्नका लागि सर्वोच्च अलालतले शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठलाई बोलाएको छ ।

बुधबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासले रिटमाथि सुनुवाई गर्दै असार २९ गतेका लागि पेशी तोकेको छ ।
यस विषयमा छलफल गर्नका लागि सर्वोच्चले विपक्षी मन्त्री श्रेष्ठलाई बोलाएको हो ।

‘जातका आधारमा व्यक्ति विरुद्ध छुवाछुतको भेदभाव गरिने कार्य क्रुर र अमानवीय कार्य रहेको विवाद छैन् । यस्तो कार्य संविधान र कानूनले बर्जित गरेको छ र दण्डनीय अपराध मानेको छ । छुवाछुत तथा भेदभाव विरुद्धको हकलाई नेपालको संविधानको धारा २४ ले प्रत्येक व्यक्तिको मौलिक हकको रुपमा सुरक्षित गरेको छ । रित निवेदनको आफू विरद्धको जातको आधारमा छुवाछुतको भेदभाव गरिएकाले कानून बमोजिम अनुसन्धान गरी दोषीमाथि कारबाही होस् भन्ने माग गर्नु निवेदकको कानूनी अपेक्षाको विषय रहेको र निवेदकलाई न्याय दिनु राज्यको कर्तव्य रहेको हुँदा सो सम्बन्धमाा के कसो भएको छ ? कसरी अनुसन्धान अघि बढिरहेको छ भनी विपक्षीहरुको समेतको सहभागितामा छलफल गरी अन्तिम आदेश जारी हुने नहुने सम्बन्धमाा निर्णय गर्नुपर्ने हुन्छ असार २९ गते पेशी तोकी विपक्षीलाई सूचना दिनु,’ अदालतको आदेशमा भनिएको छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस् Follow @clickmandu_com