कृषि विकास बैंक र सिभिल अस्पताल बिच सम्झौता

कृषि विकास बैंक र सिभिल अस्पताल बिच सम्झौता thumbnail
Views

क्लिकमान्डु २०७८ असार २३ गते १६:१९ मा प्रकाशित

काठमाडौं । निजामति अस्पताल (सिभिल) परिसरमा कृषि विकास बैंकको एक्सटेन्सन काउन्टर, एटीएम लगायतका सेवा संचालन गर्ने तथा अस्पतालको विलिङ काउन्टर संचालन आउने भएको छ । बैंक र अस्पतालबीच असार २३ गते एक समारोहका बिच सम्झौता भएको छ ।

आगामी १० वर्षका लागी भएको उक्त सम्झौता पत्रमा अस्पतालको तर्फबाट कार्यकारी निर्देशक प्रा.डा. विधाननिधि पौडेल र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले हस्ताक्षर गरे ।

उक्त सम्झौताले अस्पताल परिसरबाट अस्पतालमा आउने सेवाग्राही, अस्पतालका डाक्टर, कर्मचारी एवं सर्वसाधारण समेतलाई विविध बैंकिङ सेवाहरु सहज रुपमा उपलब्ध हुनेछन् ।

बैंकले २८० वटा शाखा कार्यालय मार्फत सेवा प्रदान गरिरहेको छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस् Follow @clickmandu_com