चौध लाख नगद र विभिन्न बैंकको चेकसहित २८ जुवाडे पक्राउ

View

काठमाडौं । नेपाल प्रहरीले १४ लाख ५९ हजार ९०० रुपैयाँ नगद र एक लाख ८० हजार रुपैयाँको चेकसहित २८ जुवाडेलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले काठमाडौं महानगरपालिका-६ बौद्ध सिमलटारस्थित वाङ्चु शेर्पाको घरमा ठूलो हारजित हुने गरी जुवा खेलिरहेको अवस्थामा मङ्गलबार राति पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले पैसाको ठूलो हारजित हुने गरी तास र जुवा खेलाएको प्राप्त सूचनाका आधारमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको जानकारी दिए ।

पक्राउ परेकासँग प्रहरीले एक लाख ५९ हजार ९०० रुपैयाँ, ११ हजार ४०० भारतीय रुपैयाँ, एक लाख ८० हजारको विभिन्न बैंकको चेक, ३० थान कौडा, १३ बुक खेलिरहेको तास र २१ बुक