आवेदन दिएको ४ वर्षपछि मैलुङ खोला जलविद्युतले पायो आइपीओ निष्काशनको अनुमति

आवेदन दिएको ४ वर्षपछि मैलुङ खोला जलविद्युतले पायो आइपीओ निष्काशनको अनुमति thumbnail
View

क्लिकमान्डु २०७८ असार २४ गते १२:०१ मा प्रकाशित

काठमाडौं । मैलुङ खोला जलविद्युत् कम्पनीले साधारण सेयर ( आईपीओ) निष्काशनको अनुमति पाएको छ ।

कम्पनीलाई नेपाल धितोपत्र बोर्डले ७ लाख ३६ हजार २ सय ८६ कित्ता आइपीओ निष्काशनका लागि अनुमति दिएको हो ।

कम्पनीले २०७४ असोज २० गते आइपीओ निष्काशनका तयारी गरी बोर्डमा आवेदन दिएको थियो । बोर्डले कम्पनीलाई करिब ४ वर्षपछि आसार २३ गते बुधबार आइपीओ निष्काशन स्वीकृत दिएको छ ।

कम्पनीले १ सय रुपैयाँ अंकित ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता आइपिओ जारी गर्नेछ । कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस् Follow @clickmandu_com

हाम्