खोप नपाउँदा रोकिए नेपाली श्रमिक, सरकार भन्छ: दिने योजना छैन

View

काठमाडौं । बिदामा नेपाल आएका श्रमिकहरु खाेपकाे कारण नेपालमै बस्न बाध्य भएका छन् । रोजगारदाता कम्पनीले अनिवार्य रुपमा खोपको व्यवस्था गरेपछि बिदामा नेपाल आएका तथा रोजगारीका लागि जाने तयारी गरेका नयाँ कामदारहरु अलपत्र परेका हुन् ।

दोस्रो लहरको कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै रोजगारदाता कम्पनीले कोरोना विरुद्धको खोपलाई अनिवार्य गर्दा नेपाली श्रमिक नेपालमा नै रोकिएका हुन ।

सरकारले खाडी देशमा काम गर्न जाने कामदारका लागि खोपको व्यवस्था गर्न नसक्दा वैदेशिक रोजगार नै धराशायी हुने जोखिम बढेको छ । खाडीका मुलुकहरूले खोप लगाएका कामदार मात्र लैजाने आदेश जारी गरेपछि ठुलो संख्यामा नेपाली श्रमिक नेपालमा नै रोकिएका छन् ।

यी हुन खोप अनिवार्य गरेका मुलुकहरु

संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत लगायतका देशले नेपाली कामदार रोकेका छन् । खाडीका धेरै देशले नेपाली श्रमिक रोकपछि पछिल्लो समय (कोरोना भाइरस पुष्टि भएपछि) कतार, साउदी अरेबिया देशमा धेरै नेपाली जाने गरेका छन् । कोरोनाभन्दा अगाडी धेरै माग आउने कतार, दुबै लगायतका देशले हाल नेपाली श्रमिकलाई अनुमति नै दिएका छैनन् ।

बैदेशिक रोजगार व्यवसायीहरु पछिल्लो समय रोजगारदाता देशले नेपाली श्रमिकलाई अनुमति नदिनु र खोपको अनिवार्य व्यवस्थाका कारण व्यवसाय नै धरापमा रहेको बताउँछन् । उनिहरुका अनुसार कोरोना खोपका कारण नै करिब ४० हजारभन्दा बढी नेपाली श्रमिक भिसा लिएर नेपालमा नै रोकिएका छन् ।

वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठ सबैभन्दा धेरै साउदी अरव जाने नेपालीहरु समस्यामा परेको बताउँछन् । उनका अनुसार अन्य देशको तुलनामा हाल साउदीबाट नेपाली श्रमिकको माग आउने गरेको छ ।

दोस्रो लहरको कोरोना संक्रमणका कारण नेपाल सरकारले हवाई उडान बन्द गरेपछि साउदीमा मात्र ३२ हजारभन्दा बढी श्रमिक रोकिएका छन् । यस्तै, यूएईले उडानमा रोक लगाउदा ५ हजार जना नयाँ र बिदामा घर आएका कामदार रोकिएका छन् ।

कोरोना संक्रमणविरुद्ध दिइने खोपमध्ये यूएईको स्वास्थ्य मन्त्रालयले फाइजर–बायोटेक, स्पुतनिक–५, सिनोफार्म, अक्सफोर्ड–अस्ट्राजेनेकालाई मात्रै मान्यता दिएको छ । यी खोप लगाएकाले मात्रै यूएई प्रवेश पाइन्छ । यी खोप नेपालमा अभाव छ ।

यस्तै कुवेतले भिसा लागेर रोकिएका श्रमिकलाई अक्सफोर्ड–अस्ट्राजेनेका, फाइजर, मोडर्ना र जोनसन एन्ड जोनसन खोप लगाएर मात्र प्रवेश दिने जनाएको छ । कोरोना संक्रमणदेखिए लगतै कुवेतले नेपाली श्रमिक लैजान बन्द गरेको थियो । कुवेत सरकारले आगामी सेप्टेम्बरपछि मात्र तोकिएको कम्पनीको खोप लगाएका नेपाली श्रमिकको मात्र भिषा नवीकरण गर्ने जनाएको छ ।

साउदीले होटल क्वारेन्टिनको नियमको भार थपियो

साउदी सरकारले कोरोनाको दुबै डोज खोप लगाएका श्रमिकलाई अनुमति दिएपनि खोप नलगाएका श्रमिकलाई अनिवार्य रुपमा ७ दिन होटल क्यारेन्टिनमा बस्नुपर्ने जनाएको छ ।

साउदीले साउदी प्रवेश गरेका विदेशी नागरिक (श्रमिक) सम्बन्धित वायुसेवा कम्पनीले नै व्यवस्था गरेको होटलमा अनिवार्य रुपमा ७ दिन क्यारेन्टिनमा बस्नुपर्ने जनाएको छ ।  उक्त नियमले श्रमिकमार्थि थप आर्थिक भार परेको व्यवसायी बताउँछन् ।

वैदेशिक रोजगार व्यवसायी संघका महासचिव श्रेष्ठ कोरोनाभन्दा अगाडीको तुलनामा तीन गुणासम्मको उडान भाडादर र मनलाग्दी क्यारेन्टिन खर्चबाट श्रमिकमाथि आर्थिक बोझ थपिएको बताउँछन् ।

‘खाडी देशमा श्रम गर्न जाने श्रमिक कोहि पनि सम्पन्न हुँदैनन । कोरोनाभन्दा अगाडी साउदीमा ३० हजारसम्म रहेको भाडादर हाल एक लाखभन्दा बढी बनाईएको छ । मासिक रुपमपा ३० देखि ४० हजार बराबरको तलव पाउने श्रमिकलाई तीन गुणाभन्दा बढी भाडादर बनाईएको छ’, उनले भने, ‘सम्बन्धित रोजगारदाता कम्पनीले नै क्यारेन्टिन खर्च व्यहोर्नुपर्नेमा साउदीमा सम्बन्धित एयरलाइन्स कम्पनीलाई जिम्मा दिईएको छ । नेपालबाट उडान गर्दै आएको हिमालय एयरलाइन्सले तोकेको होटलमा श्रमिक बस्न बाध्य भएका छन् । उडान खर्च र होटल खर्चमा लाग्ने खर्च श्रमिकले एक वर्षसम्म समेत बुझाउन सक्दैनन् ।’

उनका अनुसार सरकारको वेवास्ताका कारण कोरोना विरुद्धको खोप नपाउँदा श्रमिकमाथि बोझ थपिएको छ ।

कोभिड–१९ महामारी गन्तव्य मुलुकमा फैलिएको डेढ वर्षदेखि वैदेशिक रोजगारमा जाने