सेयर बजारमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने १४ कम्पनी

सेयर बजारमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने १४ कम्पनी thumbnail
View

सेयर बजारमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने १४ कम्पनी

चाणक्य पोष्ट

प्रकाशित : 3:19 pm, बिहीबार, असार २४, २०७८

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको कमब्याक भएको छ । यससाता आइतबारदेखि लगातार ओरालो लागेको बजार आज दोहोरो अंकले फर्केको हो ।

सूचकसँगै कारोबार रकममा पनि झिनो सुधार आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम करिब २३ करोडले बढेर पौने ५ अर्ब पुगेको छ । यद्यपि, दुई साता अघिको तुलनामा कारोबार रकम आधाभन्दा पनि कममा खुम्चिएको छ । दुईसाता अघिसम्म औसतमा दैनिक १० अर्ब बढीको कारोबार हुँदै आएकोमा यससाता घटेर ५ अर्बम मुनि सीमित भएको छ ।

आज सेयर बजार मापक सूचक नेप्से २३.७६ अंकले बढेर २८२५.११ विन्दुमा पुगेको छ । आज २२३ कम्पनीको ४ अर्ब ८१ करोड ५५ लाख २० हजार २९४ रुपैयाँ बराबरको १ करोड ३१ लाख ४३ हजार २४० कित्ता सेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १३ वटा समूहमध्ये व्यापार रअन्य बाहेक बाँकी सबै समूहको परिसूचकमा हरियाली छाएको छ । फाइनान्स समूह सबैभन्दा धेरै ३ प्रतिशतले बढेको छ । यस्तै, विकास बैंक २.१२ प्रतिशत र हाइड्रोपावर समूह १.९२ प्रतिशतले बढेको छ ।

आज कारोबारमा आएका २२३ कम्पनीमध्ये १७३ कम्पनीको सेयर मूल्य बढेको छ भने ३३ कम्पनीको मूल्यमा गिरावट आएको छ । १७ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज नेपाल बैंकको सर्वाधिक कारोबार भएको छ । यसको साढे २१ करोड रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा हिमालयन डिस्ट्रीलरी १७ करोड र एनआइसी एशिया बैंक साढे १६ करोड बढीको कारोबा