‘चुनौतीहरूलाई चिर्दै गाउँपालिकाको विकासमा गति दिन खोजेका छौं’

Views

कोरोना भाइरससँग सिङ्गो विश्व जुधिरहेका बेला प्रदेश १ अन्तर्गत मोरङ जिल्लाको केराबारी गाउँपालिका पनि संक्रमण रोकथामका लागि विभिन्न प्रयास गरिरहेको छ । यस गाउँपालिका पनि यतिबेला आफ्नो सम्पूर्ण स्रोतको परिचालन गरी महामारी रोकथाम र नियन्त्रणमा लागि परेको छ ।

यसैक्रममा कोरोना भाइरस संक्रमणपछि गाउँपालिकाले कसरी उपचार सेवा सञ्चालन गर्यो, त्यसैगरी स्थानीय तहमा निर्वाचित भएर आएपछि जनप्रतिनिधिहरुले गाउँपालिकामा विकास निर्माणको काम र सेवा कसरी प्रवाह गरेका छन् भन्ने लगायतका विषयमा केन्द्रित भएर सो गाउँपालिकाकी उपाध्यक्ष शान्ती कुमारी भुजेलसँग विकासन्युजका लागि राजिब न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश :

कोरोना रोकथाम तथा नियन्त्रणको लागि पालिका स्तरबाट के कस्ता प्रयास भइरहेका छन् ?

विश्व महामारीका रूपमा फैलिएको नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमणका कारण हाम्रो गाउँपालिका पनि अछुतो रहन सकेन । यस महामारीलाई नियन्त्रण गर्नका लागि गाउँपालिकाको तर्फबाट सम्पूर्ण प्रयास जारी राखेका छौं भने उच्चतम सतर्कता पनि अपनाएका छौं । पालिकाको आफ्नो स्रोत साधनले भ्याएसम्म कोरोना नियन्त्रणको प्रयास गरिएको छ । कोरोना संक्रमण दर हामीले कल्पना गरे भन्दा द्रुत रूपमा फैलिएको छ ।

समुदायमा कोभिड संक्रमणलाई रोक्न समयमै गाउँपालिकाले माइकिङ गर्ने, सचेतनाका विभिन्न सूचनाहरू प्रकाशन गर्ने, टोलटोलमा साबुन पानीले हात धुने व्यवस्था र सरसफाइलाई जोड दिँदै आएको छ । त्यसैले धेरै मानिसहरू संक्रमित हुनबाट जोगिए । गाउँपालिकाले समुदायस्तरमै पुगेर स्वाब सङ्कलन गर्ने, कोरोनाका लक्षण देखिएकालाई तत्कालै एन्टिजेन परीक्षण गर्ने, घरदैलोमा अनुगमन तथा सङ्क्रमतिसँग भेटघाट गर्ने, औषधि वितरणका साथै सिकिस्त बिरामीलाई एम्बुलेन्समार्फत अस्पतालमा लैजाने व्यवस्था गरेका छौं । कोरोनाबाट संक्रमति भएका प्रत्येक घर परिवारलाई हामीले स्वास्थ्य सामाग्री पनि वितरण गरेका छौं ।

दोस्रो लहरको कोरोना भाइरसको प्रभाव र संक्रमितको संख्या गाउँबढ्दै जाँदा हामीले मास क्वारेनटिनलाई भन्दा होम क्वारेनटिनलाई नै जोड दिएका छौं । होम क्वारेन्टिनमा पनि कोभिडका बिरामीहरू धेरै बसेका छन् । होम आइसोलेसनमा बसेका बिरामीको स्वास्थ्यमा समस्या भएको वा जटिल अवस्था आएको खण्डमा कोभिड अस्पताल ल्याई उपचार गर्ने व्यवस्था मिलाएका छौं ।

नयाँ ठाउँबाट आउनेहरूलाई निगरानी गर्ने, उनीहरूलाई घरमै सुरक्षित व्यवस्थापन गर्ने काम गर्यौं । हामीले भाडामा गाडी हायर गरी एम्बुलेन्सको रूपमा पनि प्रयोग गर्दै आएका छौं । गम्भीर खालका बिरामीहरूलाई समयमै उपचार पाउने गरी पालिकाकै एम्बुलेन्सले पुर्याईदिने काम गर्यौं । समुदाय स्तरमै पुगेर निःशुल्क रूपमा कोरोना जाँच गर्ने काम गरिरहेका छौं । रोकथाम र उपचार दुवै हिसाबले राम्रो भएको छ भन्ने लाग्छ ।

तपाईंको पालिकामा आजसम्म कतिजना कोरोना संक्रमित छन् ?

गत वर्ष भन्दा यो वर्ष महामारी पालिकामा व्यापक रूपमा फैलिएको छ । पछिल्लो समय संक्रमण दर घटेको छ भने धेरैजसो बिरामी निको हुनुभएको छ । पालिकाको ४ नं. वडा वाहेक सबै वडामा संक्रमिहरु देखा परेका छन् । पालिकाका धेरै नागरिकहरूलाई कोरोना संक्रमणको पुष्टि भएको छ भने केही नागरिकहरुको ज्यान पनि गएको छ ।

कोरोना नियन्त्रणमा गाउँपालिकालाई के कस्ता समस्या छन् ? अबका चुनौती के छन् ?

चुनौती र समस्या त धेरै नै छन् । बर्खाको समय छ । बर्षायामको सुरुवातसँगै धेरै ठाउँमा बाढिपहिरो, भूक्षयको बढि प्रकोप हुने गर्छ । संक्रमितको संख्या बढ्दै गयो भने आइसोलेसन बेडको पनि अभाव छ । चुनौतीको रूपमा बिरामीहरूलाई एक्सरे गर्न पाएनौं । पालिकामा एक्सरे मेशिन नभएको कारण बिरामीको स्वास्थ्यको राम्रो परीक्षण गर्न पाएनौं । एक्सरे मेशिन पालिकामा भइसके पछि बिरामीहरूलाई अन्य ठाउँमा रेफर गरेर लानु पर्दैन । गाउँपालिकाबाट एक्सरे मेशिन खरिद गर्नको आगामी आर्थिक वर्षमा बजेटको विनियोजन गरेका छौं । हामीले अझैपनि पालिकाको अस्पतालमा अक्सिजन र स्वास्थ्य सामाग्रीको मात्रा बढाउनु पर्छ भन्ने योजना छ । कति मानिसहरुले कोरोनाको लक्षण देखिए पनि परीक्षण गर्न नमानिरहेको अवस्था छ ।

स्थानीय सरकार उपप्रमुख भएर काम गर्नुपर्दा के कस्ता चुनौतीको सामना गर्नुभयो ?

स्थानीय तहको निर्वाचिन भएर आए पछि संघीयताको मर्मअनुसार समयमै कानुन नबन्दा केही समय काम गर्न समस्या भएको थियो । स्वभाविकरूपले काम गर्दैगर्दा समस्याहरू आउँछन् नै । सुरुमा संघीयताको अभ्यास गर्दैगर्दा ऐन तथा विभिन्न नीति नियम बनाउनको लागि केही समय लाग्यो । सुरुसुरुमा स्थानीय सरकारमा कर्मचारी अभावका कारण थुप्रै चुनौती र कठिनाइहरू सामना गर्नुपर्यो । कर्मचारी अभावका कारण दैनिक प्रशासन सञ्चालन गर्न समेत स्थानीय तहलाई हम्मेहम्मे परेको थियो । हाल हामीले संविधान, स्थानीय सरकार सञ्चालन ऐन तथा विभिन्न नीति नियम र कानुनहरूले स्थानीय सरकारका अधिकारका क्षेत्र प्रष्ट पारिसकेका छौं । समस्यालाई सकेजति समाधान गरेर अगाडि बढेका छौं ।

गाउँपालिकाले दरबन्दी सिर्जना कर्मचारीहरू पनि राखेको छ । पालिकाको विकास निर्माण गर्ने बेलामा हामी कोभिडको सामना गरिरहेका छौं । गरिबी, बेरोजगारी, वैदेशिक रोजगारी र अज्ञानता हाम्रा लागि ठूला चुनौती हुन् । सबै चुनौतीहरूलाई चिरेर हामी जनअपेक्षाअनुसार विकासमा गति दिन खोजिरहेका छौं । प्रर्याप्त स्रोत साधन हुँदा बिकासनिर्माणका काम प्रशस्त गर्न सकिन्छ भन्ने बिश्वास जागेको छ । निर्वाचन भएर आएको लगभग एक महिना नपुग्दै बाढि पहिरोले क्षतविक्षत नै बनायो । पालिकाको क्षमताले भ्यासम्म बाढि पहिरो पडितलाई सम्बोधन गर्ने कुरा र व्यवस्थापन गर्ने कुरामा लाग्यौं ।

तपाईं निर्वाचित भएर आएको ४ वर्ष पुरा भएको छ भने तपाईंहरु अन्तिम वर्षको कार्यकालको दौरानमा पनि हुनुहुन्छ, यो अवधिमा महत्वपुर्ण काम के के भए ?

हामी जनप्रतिनिधि भएर आउँदा जनताको आधारभूत आवश्यकता, पूर्वाधारको अवस्था निकै कमजोर वा जीर्ण थियो । निर्वाचितपछि पालिकाको सबै ठाउँमा बाटो विस्तारको कामलाई प्राथमिकतामा राखेर अघि बढ्यौं । अहिले हरेक वडामा सडक सञ्जाल पुर्याउन सफल भएका छौं । केही कच्ची सडकलाई कालोपत्रे गरेका छौं । त्यसै गरी हामीले सडककोस्तारोन्ती पनि गरेका छौं ।

बर्खा लागेर तथा डुबानको समस्या उत्पन्न हुने अवस्था हुने भएको कारण तटबन्धन निर्माणको काम पनि गरेका छौं । सिँचाइ र खानेपानीमा पनि उल्लेख्य काम भएको छ। प्रत्येक वडामा खानेपानीको समस्यालाई समाधान गरी कतिपय ठाउँमा डिप बोरिङ खानेपानी आयोजना पनि सञ्चालन गरेका छौं ।

सबै वडाका नागरिकहरूलाई स्वास्थ्य सेवाको पहुँचमा पुर्याएको छौं भने १० ओटै वडामा स्वास्थ्य इकाईको स्थापना गरेका छौं । त्यसै गरी स्वास्थ्यचौकी मात्र नभई टोलटोलमा खोप केन्द्रको पनि स्थापना गरेका छौं । पालिकाको तर्फबाट ८ ओटा २ कोठे भवन निर्माण गरेका छौं । विद्युतीकरण गर्ने कार्य पनि भइरहेको छ । त्यस्तै, शिक्षाका लागि विद्यालय भवन, शिक्षक पदपूर्ति गर्ने काम भएका छन् । खेलमैदानको काम अघि बढेको छ ।

कृषि क्षेत्रमा पनि हामीले ठुलो फड्को मारेका छौं भने पकेट क्षेत्रका कार्यक्रमहरू पनि हामीले अगाडि बढाएका छौं । वडा नं. १ लाई तरकारी तथा गाई पालन, वडा नं. २ लाई फलफूल र बाख्रा, वडा नं. ३ लाई बाख्रा पकेट क्षेत्रको रूपमा छुट्याएका छौं । त्यसै गरी वडा नं. ५ लाई तरकारी पकेट क्षेत्र छुट्याएका छौं भने कृषि र पशुका पनि विभिन्न कार्यक्रमहरू सञ्चालन भएका छन् । हामीले न्यायिक क्षेत्रमा पनि राम्रो काम गरेका छौं । हामीले पर्यटन क्षेत्रको प्रवर्द्धन पनि गरेका छौं । एक मात्र क्षेत्रमा नभई समग्र क्षेत्रमा सुधार र परिर्वतन आएको छ ।

स्थानीय बासिन्दाको माग कसरी सम्बोधन गरिरहनुभएको छ ?

हामी जनताबाटै निर्वाचित भएर आएका हौँ । स्थानीय बासिन्दाकालाई उनीहरुको माग सम्बन्धित वडामा राख्नेको लागि आग्रह गरेका छौं । प्रत्येक वडामा टोल विकास संस्थाहरू गठन भएको छ र टोल विकास संस्था मार्फत स्थानीय बासिन्दाको मागलाई टोलले प्राथमिकता राखे पठाई सकेपछि उनीहरूको मागलाई पनि हामीले सम्बोधनगरेका छौं । सुरुको बर्ष देखि नै जनताको चाहना र प्रत्यक्ष सहभागितामा काम गरिरहेका छौं । गाउँवस्तीको अभाव, जनताको अफ्ठ्यारो, समस्या र आवास्यक्ता पहिल्याउँदै हल गर्ने हाम्रो