युनियन लाइफको आइपीओमा पहिलो दिनमै ८२ करोड बढीको आवेदन, कतिले भरे ?

युनियन लाइफको आइपीओमा पहिलो दिनमै ८२ करोड बढीको आवेदन, कतिले भरे ? thumbnail
View

काठमाडौं, २४ असार । युनियन लाइफ इन्सुरेन्सको आइपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको छ ।

विक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार बिहीबार साँझ ५ बजेसम्म इन्स्योरेन्सको आइपीओमा ८२ करोड ४७ लाख ८८ हजार रुपैयाँ बराबरको आवेदन परको छ ।

आइपीओमा ४ लाख ६१ हजार ३५६ जनाले ८२ लाख ४७ हजार ८८० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कुल ५८ लाख ५ हजार कित्तालाई आधार मान्दा १.४२ गुणा बढी आवेदन हो ।

निष्काशित कुल आइपीओमध्ये ३ लाख २२ हजार ५०० कित्ता सामूहिक लगानी कोष र ३ लाख २२ हजार ५०० कित्ता नै कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । बाँकी ५८ लाख ५ हजार कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउनेछन् ।

कम्पनीको आइपीओमा असार २८ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलामा साउन ७ गतेसम्म आवेदन दिन पाइने छ । कम्पनीको आइपीओमा न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् ।

इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयका साथै मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर विक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी आइआर ट्रिपल बी (बीबीबी’ रेटिङ) दिएको छ ।

यसले कम्पनीको आधारभूत अवस्था र वित्तीय दायित्व बहन गर्ने क्षमता औसतमा मध्यम जोखिम रहेको भन्ने जनाउँछ । हाल १ अर्ब ५० करोड ५० लाख च