मनसुनजन्य विपतबाट प्रभावित किसानलाई सहयोग गर्ने तयारीमा कृषि मन्त्रालय

View

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले यस वर्षको मनसुनजन्य विपतबाट क्षति बेहोरेका किसानहरुलाई आगामी आर्थिक वर्षमा क्षतिपुर्ति दिनेगरी लगत संकलन गरिरहेको जनाएको छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव योगेन्द्र कुमार कार्कीले यस वर्षको मनसुनका कारण आएको बाढी तथा पहिरोका कारण कृषकहरुलाई परेको क्षतिको सम्बन्धमा मन्त्रालयले लगत संकलन गरिरहेको बताएका हुन ।

उनका अनुसार मन्त्रालयले कृषि विभाग, पशु सेवा विभाग लगायत प्रदेश सरकारमार्फत के – कति क्षति भएको छ त्यसको तथ्यांक संकलन गरिरहेको छ । एकहप्ता भित्र लगत संकलन भइसक्ने र असार २० गते सम्मको प्रारम्भिक रिपोर्ट तयार पारेपछि किसानहरुलाई आगामी आर्थिक वर्षमा क्षतिपुर्ति मार्फत् सम्बोधन गरिने जनाए ।

सचिव कार्कीले यस वर्ष औसत रुपमा धान रोप्न ढिलाइ भइरहेको बताए । मन्त्रालयको तथ्यांक अनुसार हालसम्म ५६ प्रतिशत धान रोपाई सकिएको छ ।

उनले यस वर्ष १५ लाख हेक्टरमा ६० लाख मेट्रिक टन धान फलाउने लक्ष्य लिइएको भन्दै निरन्तर भेलबाढी आइरहेमा सरकारको ल